Pages

Ads 468x60px

Thursday, May 13, 2010

माइक्रोसफ्टलाई सेन्ट्रल डेस्कटपको चुनौती


विश्वभर लोकप्रिय माइक्रोसफ्टको अफिस प्याकेज डकुमेन्टलाई व्यवस्थित गर्ने गैरमाइक्रोसफ्ट कम्पनीले नयाँ सफ्टवेयर तयार गरेको छ । अफिस प्याकेजभित्र माइक्रोसफ्ट वर्ड, एक्सेल तथा पावरप्वाइन्ट पर्छन् ।
'सेन्ट्रल डेस्कटप' नाम दिइएको सो एप्लिकेसन अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भइरहेको वेब २ दशमलव ० एक्स्पोमा प्रदर्शनका लागि राखिएको छ । 'अफिस २०१० विना नै अफिस २०१० को सुविधा प्राप्त गर्नुहोस्' भन्ने नाराका साथ प्रर्दर्शन गरिएको सो एप्लिकेसनबाट माइक्रोसफ्ट वर्ड, एक्सेल तथा पावरप्वाइन्टका २००३, २००७ वा २०१० जुनै पनि भर्सनमा तयार गरिएका डकुमेन्ट, प्रिजेन्टेसन तथा स्प्रेडसिटहरू इडिट तथा परिवर्तन गर्न सकिन्छ ।
सफ्टवेयर केही दिनमै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । माइक्रोसफ्टले यसै वर्षो अन्त्यतिर र्सार्वजनिक गर्ने तयारी गरिरहेको 'माइक्रोसफ्ट अफिस २०१०' को मुख्य विशेषता यही नै हो । जसमा अनलाइन वा अफलाइन जुनसुकै माध्यमबाट पनि अफिस प्याकेजका प्रोग्रामबाट बनेका डकुमेन्टलाई व्यवस्थापन गर्न सकिन्छ ।
माइक्रोसफ्ट कर्पारेसनको नाफामा मुख्य हिस्सा ओगट्दै आएको अफिस प्याकेजको नयाँ संस्करणमा भएको मुख्य विशेषतासहितको सफ्टवेयर गैरमाइक्रोसफ्ट कम्पनीले तयार गर्दा कम्पनीको व्यवसायमा नकारात्मक असर पर्न सक्ने विश्लेषण गरिएको छ । अफिस २०१० मा हुने भनिएजस्तै सेन्ट्रल डेक्सटपमा पनि एउटै डकुमेन्टलाई धेरैजनाले एकैपटक सम्पादन तथा परिवर्तन गर्न सकिने सुविधा छ । 'अफिसिन्क' प्रविधिबाट तयार गरिएको 'सेन्ट्रल डेस्कटप फर अफिस' अफिस प्याकेजका सफ्टवेयरका लागि प्लग इनसरह हो, जसबाट सेन्ट्रल डेक्सटपको र्सभरमा भएका फाइललाई व्यवस्थित गर्न सहयोग पुग्छ ।
केही विश्लेषकले भने अफिस २०१० मा भएका सबै सुविधा नभएकाले माइक्रोसफ्टलाई कुनै असर नपर्ने विश्लेषण गरेका छन् । तर, कोहीले भने अपडेट प्रक्रियालाई भन्झटका रूपमा लिने प्रयोगकर्ताले भने यसको प्रयोगबाटै नयाँ भर्सनको सुविधा लिन सक्ने भएकाले कम्पनीलाई असर पर्ने दाबी गरेका छन् ।
माइक्रोसफ्टको व्यावसायिक प्रतिस्पर्धीका रूपमा देखिएको सेन्ट्रल डेक्सटप फर अफिस आगामी महिनामा र्सार्वजनिक हुँदै छ । कम्पनीका अनुसार यो एप्लिकेसन प्रयोग गरेबापत प्रयोगकर्ताले मासिक दुइ डलर शुल्क तिर्नुपर्नेछ ।
-नविन

0 comments:

Post a Comment