Pages

Ads 468x60px

Wednesday, May 12, 2010

अरबी भाषामा वेब ठेगाना


ल्याटिन (अंग्रेजी) बाहेकका अन्य भाषमा पनि बेव ठेगाना तयार गर्न सकिने नियम लागू भएपछि पहिलोपटक अरबी भाषमा वेब ठेगाना तयार गरिएको इन्टरनेटको नियामक निकाय आइक्यानले जनाएको छ । आइक्यानका अनुसार अरबी मुलुकले अरबी भाषामा वेब ठेगाना दर्ता गरेका छन् । अरबी भाषामा वेब ठेगाना दर्ता गर्ने पहिला मुलुकमा इजिप्ट, साउदी अरेबिया तथा संयुक्त अरब इमिरेटस -यर्एइ) रहेका छन् । अरबी भाषामा वेब ठगाना तयार गर्नेमा इजिप्टको सञ्चार मन्त्रालय रहेको छ । सञ्चार मन्त्रालयले आफ्नो आधिकारीक वेबसाइटको ठेगाना अरबी भाषामा तयार गरेको हो । अरबी मुलुकबाहेक अन्य २० भन्दा बढी मुलुकले आफ्नै भाषामा वेब ठेगानाका प्रयोग गर्ने अनुमतिका लागि आवेदन दिएको जनाएको छ । अरबी चिनियाँ, थाई र तामिल भाषामा वेब ठेगाना राख्नका लागि आवेदन दिएका छन् ।
आइक्यानले अन्य भाषामा तयार भएका वेबसाइट तत्कालै प्रयोग गर्न सकिने भए पनि केही समस्या देखिएकाले त्यसको समाधानलाई केही समय लाग्ने जनाएको छ । आइक्यानका अध्यक्ष रोड बेकस्ट्रोमले गैरअंग्रेजी भाषामा वेब ठेगाना प्रयोग हुनुलाई ऐतिहासिक परिघटनाको संज्ञा दिएका छन् । 'आइक्यान तथा अरब मुलुकका लागि आजको दिन निकै महत्त्वपूर्ण हो,' उनले भने ।
इन्टरनेटको अविष्कार भएदेखि नै ल्याटिन भाषामा वेब ठेगाना लेखिँदै आएकोमा केही वर्षेखि डोमेन नेमबाहेक वेब ठेगाना गैरल्याटिन भाषामा लेख्न सकिने भए पनि डोमेन नेम पनि गैरल्याटिन भाषामा लेख्ने सुविधा पहिलोपटक लागू गरिएको छ ।
अरबी भाषामा होमपेज तयार गरेको इजिप्टका सञ्चारमन्त्री तरिक कमलले इजिप्टका तीनवटा कम्पनीले अरबी भाषामा लेखेका 'डट एमएएसआर' डोमेन प्राप्त गरेको जानकारी दिएका छन् । कमलले यसलाई 'इन्टरनेटको इतिहासको कोसेढुंगा का रूपमा वर्णनगरेका छन् । अरबी भाषामा एमएएसआरको अर्थ इजिप्ट हुन्छ ।
आइक्यानले गैरल्याटिन भाषामा पनि वेब ठेगाना प्रयोग गर्न सक्ने व्यवस्था लागू गर्नुअघि नै चीन तथा ताइवानले आफ्नै भाषामा वेब ठेगाना तयार गरेका भए पनि ती ठेगानाले सबै कम्प्युटरमा काम गर्दैनन् ।
ल्याटिनबाहेक अन्य भाषीलाई पनि इन्टरनेटको दुनिया“मा साक्षात्कार गराउन सकियोस् भनेर नै यस्तो व्यवस्था ल्याइएको आइक्यानले जनाएको छ ।
-नविन

0 comments:

Post a Comment