Pages

Ads 468x60px

Friday, April 30, 2010

माइक्रोसफ्टको 'Fix It'


माइक्रोसफट कर्पोरेसनले अपरेटिङ सिस्टममा देखापरेका समस्या समाधान तत्कालै समाधान गर्नका लागि 'फिक्स इट' नामको नयाँ सफ्टवेयर ल्याएको छ ।
यो सफटवेयरले Windows 7 तथा पुराना अपेरेटिङ सिस्टममा अटोमेटिक डाइगनोसिस सिस्टम इन्स्टल गर्नेछ । हाल बिटा भर्सनमा उलब्ध यो सफ्टवेयर खासगरी बिन्डोजको भिस्टा र एक्सपीका प्रयोगकर्ता लक्षित भएको कम्पनीले जनाएको छ । यो प्याकेजले कुनै पनि सफ्टवेयर इन्सटल गर्दा कम्प्युटरमा उत्पन्न हुने संभावित जोखिमका बारेमा पूर्वानुमान गर्दै सल्लाहसमेत दिने गर्छ । एकपटक इन्स्टल गरेपछि यो सफ्टवेयरले अपेरटिङ सिस्टमलगायत कम्प्युटरमा जोडिएका अन्य उपकरणमा देखिएका समस्या पहिचान तथा समाधानमा समेत सहयोग पुर्याउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार, फिक्स इटले अपरेटिङ सिस्टमलाई सञ्चालन हुन अवरोध पुर्याउने व्यापक रुपमा देखिएका ३०० थरिका समस्या समाधान गर्ने क्षमता राख्छ ।यसबाहेक फिक्स इटले आफूले पहिचान गर्न नसकेका समस्या संग्रह गरी समाधानका लागि माइक्रोसफ्टको विशेषज्ञ टेालि समक्ष पुर्याउने छ । माइक्रोसफ्टको होमपेजमा भएको सपोर्ट सेक्सनमा गएर डाउनलोड गर्न सकिने यो सफ्टवेयरलाई अन्य अपरेटिङ सिस्टममा पनि चलाउन सकिने कम्पनीले जनाएको छ । विन्डोज एक्सपीको र्सर्भिसप्याक ३ का प्रयोगकर्ताले मात्रै यसको प्रयोग गर्न सक्नेछन् । विन्डोज सेभेनअघिको अपरेटिङ सिस्टम भिस्टमा देखिएको समस्या समाधान गर्नका लागि सन् २००८ को अन्त्यतिर यस्तै खालको सेवा सुरु गरेको भए पनि प्रभावकारी हुनसकेको थिएन । सोही सेवालाई परिमार्जित गर्दै कम्पनीले सफ्टवेयर नै तयार गरेको हो ।
सफ्टवेरको लागि याहाँ किल्क गर्नुहोस

-नविन

0 comments:

Post a Comment