Pages

Ads 468x60px

Monday, April 5, 2010

गुगल को नाम परिवर्तन सम्वन्धि केहि कुरा

गुगलले आफनो ब्लगमा अप्रिलका दिन 'अब हामी गुगल रहेनौं भन्ने लेखेपछि सञ्चारमाध्यमभर गुगलले आफ्नो ब्रान्ड नाम परिवर्तन गरेको समाचार र्सार्वजनिक भयो विश्वको महँगो ब्राण्डका रुपमा रहेको गुगलले एकाएक ब्राण्ड नाम परिवर्तन गरेकेा सुन्दा धेरै आर्श्चर्यचकित भए अमेरिकी धमाधम गुगल डट कम टाइप गर्न थाले- डिस्प्लेमा गुगलको ठाउँमा टोपेका देखियो उनीहरु विश्वस्त भए, गुगलले नाम फेर्यो नपत्याउनु पनि कसरी, जब कम्पनीले नै आफ्नो आधिकारिक ब्लगमा ब्रान्ड नाम परिवर्तनको घोषणा गरेको थियो
यसैगरी गुगलको यो घोषणालाई टोपेकाका मेयर बिल बन्टिनले पनि प्रमाणित गरे बन्टिनले टोपेका नगरको नाम महिनाका लागि गुगलमा परिणत गरेको थियो
गुगलले आफ्नो ब्लगमा टोपेकाले एक महिना नगरको नाम परिवर्तन गरेका बदलामा आफुले ब्रान्ड नाम नै टोपेका राखेको बताएकेा थियो तर, साँझ परेपछि भने गुगल टोपेकामा परिणत भएको भन्ने मानिस लाजले रातोपिरो हुन बाध्य भए

। किनभने, उनीहरुलाई गुगलले मुर्ख बनाएको थियो- अप्रिल १ का दिन । अप्रिल फुल मनाउने गुगलको यो पुरानो परम्परा हो । यसले हरेक वर्षअप्रत्यासित घोषणा तथा निर्णयगर्दै अप्रिल फुल मनाउने गरेको छ ।
१ अप्रिलकै साँझ गुगलका प्रवक्ता एन्ड्रयु पिर्डसनले ब्लग अपडेट गर्दै, 'आज अप्रिल फुल हो' भन्ने सम्झना दिलाएको थिए । उनले संस्थापकद्वय ल्यारी पेज र र्सजे ब्रिन दुबैले टोपेकाको अवधारणा ल्याएको बताए । उनीहरुले टोपेकाका मेयर बुन्टेनलाई यसबारे पूर्वजानकारी दिएर नै बोल्न लगाएको समेत उनले खुलाए ।
अप्रिल फुल मनाउने चलनको सुरुवात गुगलले सन् २००० को अप्रिलदेखि सुरु गरेकेा हेा । सन् २००० मा गुगलले आफ्नो वेबसाइटमा कम्प्युटर प्रयोगकर्ताले खोज्न चाहेको कुरा टाइपै नगरी आफैं थाहा पाएर खोजिदिने प्रविधि विकास गरेको समाचार प्रकाशित गरेको थियो । सन् २००७ को अप्रिल फुल मनाउने क्रममा गुगलले जिमेलमा आउने इमेल अर्डर गरिएकेा खण्डमा हुलाकमार्फ घरैमा पठाइदिने भन्दै झुक्याएको थियो । त्यसैगरी सन् २००२ मा गुगल र्सच इन्जिनका सफलता परेवा प्रविधीमा अडेको बताउँदै परेवा पेज खोजेर ल्याउने र्सार्वजनिक गरेको थियो ।
यसपटक प्रयोगकर्तालाई झुक्याउने क्रममा गुगलले अमेरिकी पेजलाई स्थानीय समयअनुसार बिहान २ बजे नै टेापेकामा परिवर्तन गरेको थियो भने बिहान ७ बजे ब्लगमा अपडेट गर्दै गुगल टोपेकामा परिणत भएको घोषणा गरेकेा थियो । प्रयोगकर्तालाई परिवर्तत वास्तविक भएको पार्न कम्पनीले मुख्यालयको मुख्य साइनबोर्डसमेत फेरेर टोपेका लेखिएको नयाँ बोर्ड राखेको थियो भने वेबसाइटमा टोपेकाको सही प्रयोगका लागि टिप्स दिएको थियो ।
-नविन

0 comments:

Post a Comment