Pages

Ads 468x60px

Sunday, April 25, 2010

प्रतिसेकेन्डमा १ सय साइबर आक्रमण


प्रविधिको उच्च प्रयोसँगै यसको दुरुपयोग पनि उच्च दरमा बढ्न थालेको Symantec Corporation ले र्सार्वजनिक गरेको तथ्यांकले विश्वभरमा कम्प्युटरमा प्रतिसेकेन्ड एकका दरमा आक्रमण हुने गरेको देखाएको अध्ययनका अनुसार प्रतिसेकेन्ड एक सय आक्रमण भए पनि प्रतिसाढे चार सेकेन्डमा एक कम्प्युटर प्रभावित हुने गरेको अर्थात् धेरैजसो आक्रमण प्रभावहीन हुन्छन् कम्पनीका अनुसार हानिकारक सफ्टवेयर निर्माणमा भएको बृद्धिसँगै इन्टरनेटमा आधारित आक्रमण बढेको हो Symantec का अनुसार २००८ को तुलनामा हानिकारण सफ्टवेयर २००९ मा ७१ प्रतिशत बढेका छन्

जसअनुसार हालसम्म भेटिएका हानिकारक सफ्टबेयर, टोर्जान तथ भाईरसमा ५१ प्रतिशत २००९ मा मात्रै बनेका थिए । सिमेन्टेकका अनुसार २००९ को १२ महिने अवधीमा मात्रै २९ लाख हानिकारक तत्व तयार भए । भाइरस तथा अन्य हानिकारक तत्व तयार गर्न सिकाउने खालका सामग्री निःशुल्क र धेरै मात्रामा पाइन थालेकाले यो संख्या उच्चदरमा बढेको सिमेन्टेकका प्रविधि व्यवस्थापक टोनी ओर्स्बर्नले बताए । जिउस नामक एक सर्न्दर्भसामग्री भने ७ सय डलर महँगो भए पनि उच्च बिक्री भएको अध्ययनमा देखिएको छ । यसको उत्पादनले टेलिफोनमार्फ सर्पोट सुविधा दिएकाले यसको प्रयोग बढेको उनले बताए । २००९ मा जिएसको आधारमा तयार गरिएका ९० हजारभन्दा बढी मालवेयर फेला परेका छन् । जिएसको आधारमा तयार गरिएका मालबेयरहरु स्पाम मार्फ इमेलमा छिरेर कम्प्युटरमा इन्स्टल हुने गरेका छन् । गत वर्ष७० लाख कम्प्युटरमा यस्ता खालका मालबेयर फेला परेको सिमेन्टेकले जनाएको छ ।अध्ययनले ब्राजिल, भारतजस्ता विकासशील मुलुकमा इन्टरनेट आक्रमण बढेको देखाएको छ । यस्ता मुलुकहरुमा इन्टरनेट प्रविधिको विकास दु्रत गतिले भएकाले परिवर्तनशील प्रविधीमा आक्रमण गर्न सहज हुने मौका छोपिएको अध्ययनको निष्कर्षछ । यसैगरी विकासशील मुलुकहरुमा इन्टरनेटबाट हुने ठगी तथा अपराधबारेमा पर्याप्त ज्ञान नभएकाले पनी यस्ता आक्रमण बढदै गएको हुनसक्ने अध्ययनले देखाएको छ ।
कसरी जोगिने ?
- कम्प्युटर भाइरस मात्र नभई स्पाइवेयर, मालवेयर, रुटकिटजस्ता सबैखाले हानिकारक तत्व हटाउन सक्ने सेक्युरिटी सफ्टवेयर प्रयोग गर्ने ।
- अपेरटिङ सिस्टमा भएको फायरवाललाई एक्टिभ गर्ने ।
- अपेरेटिङ सिस्टमका अपडेट उपलब्ध हुनेबित्तिकै अपडेट गर्ने । किनभने, यस्ता अपडेट हानिकारक तत्व हटाउन सक्ने क्षमताका साथ आएका हुन्छन् ।
- परिचित तथ सर्न्दर्भहीन इमेल तथा लिंकमा क्लिक नगर्ने । विशेषगरी एटयाचमेन्टसहितका अपरिचित इमेलमा सकेसम्म क्लिक नगर्ने ।
- प्रख्यात संस्था वा मानिसको नाम सेन्डरमा देखिने यस्ता इमेलमा नै धेरै हानिकारक तत्व हुने गरेको पाइएको छ ।
- आफनो ब्राउजरलाई अपडेट गरिराख्ने । किनभने, ब्राउजर यस्ता तत्वहरुलाई ब्लक गर्न सक्ने विशेष क्षमतासहित अपडेट गरिन्छन् ।
-नविन

0 comments:

Post a Comment