Pages

Ads 468x60px

Tuesday, April 27, 2010

१५ लाख फेसबुक प्रयोगकर्ताका सूचना बिक्रीमा


किर्लोस नामक एक ह्याकरसँग स्पाम पठाउन चाहने र विज्ञापन गर्न चाहनेहरुका लागि अकल्पनीय अफर छ-१५ लाख प्रयोगकर्ताको इमेल ठेगाना, युजर नेम तथा पार्सवर्ड पनि । उसले १५ लाख फेसबुक एकाउन्ट सुचना बिक्रीमा राखेको भेरिसाइन आई डिफेन्स रिर्सच कम्पनीका अनुसन्धाताहरुले पत्ता लगाएका हुन् । अनुसन्धाताहरुले उसलाई भुमिगत ह्याकर फोरममार्फ सुचना आदाप्रदान गर्दै गरेको फेला पारेका हुन् । एक दुर्इ सय इमेल ठेगाना बिक्री गरेको ठानेका थियौं' आई डिफेन्सको साइबर इन्टेलिजेन्स विभागका निर्देशक रिक होवार्डले भने, '१५ लाख इमेल ठेगाना भएको थाहा पाउँदा हामी चकित भयौं । उसले अन्यन्तै न्यून मुल्यमा सुचना बिक्री गरिरहेको थियो ।' ती खाता वास्तविक हुन् कि होइनन् भन्ने थाहा नभएको उनले बताए । फेसबुकसँग खाताहरुको वैधताका बारेमा प्रतिक्रिया माग्दा कुनै जवाफ नआएको उनको भनाइ छ । 'यदि ती खाता वास्तविक हुन भने ऊसँग प्रति ३ सय फेसबुक प्रयोगकर्तामध्ये १ को सुचना छ' उनले भने, 'प्रत्येक प्रयोकर्ताको खातामा भएको साथीहरुको संख्याका आधारमा उसले खाताहरु प्रतिहजार २५ देखि ४५ डलरमा बिक्री गरिरहेको छ ।' हालसम्म उसले ७ लाख प्रयोगकर्ताको सूचना बिक्री गरिसकेको उनको अनुमान छ । विगतमा स्थानीय प्रयोगकर्ताको नाम उपलब्ध गराएर कम्पनीहरुलाई विज्ञापनका लागि सहयोग पुर्याउँदै आएका ह्याकर पछिल्लो समय फेसबुकजस्ता सामाजिक सन्जालतर्फआर्कषित भएको होबार्डले बताए । इमेल ठेगाना विज्ञापनबाहेक घातक सफ्टवेयरका लिंक पठाउनका लागि समेत प्रयोग गर्ने गरिएको अनुसन्धानमा देखिएको उनको अनुभव छ । ४० करोड प्रयोकर्ता विश्वव्यापी रुपमा भएका फेसबुकका प्रयोकर्ताबाट दैनिकजसो कुनै साथी आपतमा परेकाले सहयोग गर्न आह्वान गर्दै धेरै म्यासेज आउने गरेको गुनासो आउन थालेको होवार्डले बताए । उनको कम्पनीले र्साईबर अपराध तथा समस्याबारेमा प्रयोगकर्तालाई सेवा पुर्याउँदै आएको छ । किर्लोस नामक सो ह्याकरले धेरै सस्तोमा सुचना बिक्री गरिरहेकाले यो ब्यापारमा पनि प्रतिस्पर्धा बढेको देखिएको छ । सिमेन्टेक कर्पोरेसनले भर्खरै प्रकाशित इन्टरनेट सुरक्षा जोखिम प्रतिवेदनमा ह्याकरहरुले प्रतिएकाउन्ट एकदेखि २५ डलर लिने गरेको देखाएको थियो । जब कि किर्लोसले भने प्रतिखाता २ सेन्ट डलरमा बिक्री गरिरहेको छ । प्रतिवेदनले क्रेडिट कार्ड नम्बर प्रतिनम्बर ८५ सेन्ट देखि ३० डलरसम्ममा बिक्री हुने गरेको पाइएको थियो । यसैगरी उच्च रकम भएका बैंक खाताका सूचना १५ डलरदेखि ८ सय ५० डलरसम्ममा बिक्री भइरहेको देखाएको थियो ।
-नविन

1 comments:

  1. lau maryo. ani bikri bhayeko kasari thaha paune ni

    ReplyDelete