Pages

Ads 468x60px

Monday, March 8, 2010

youtube मा बहिराले बुझ्ने भिडियो


भिडियो र्सच इन्जिनमा अग्रस्थानमा रहेको युट्युबले बहिराले पनि बुझ्न सक्ने गरी भिडियो अपलोड गर्ने भएको छ । युट्युबले कमजोर श्रवणशक्ति भएकालाई लक्षित गर्दै भिडियो अटोमेटिक क्याप्सन राख्ने व्यवस्था मिलाउन लागेको हो । भिडियोमा भएका संवादलाई क्याप्सनको रूपमा टेक्स्टमा डिस्प्ले गर्ने प्रविधि विल्कुलै नौलो भएको कम्पनीले जनाएको छ ।

सुन्न नसक्नेले पनि बुझ्ने गरी भिडियो अपलोड गर्ने आफ्नो सुविधाले सूचनाको हक प्राप्त गर्ने अधिकारलाई थप विस्तार गर्ने कम्पनीका प्रोडक्ट म्यानेजर हन्टर वाकले बताए ।

प्रारम्भमा यो सुविधा अंग्रेजी भाषाका भिडियोमा मात्रै उपलब्ध हुनेछ । क्रमिक रूपमा अन्य भाषामा थपिन्दै जाने योजना भएको उनले बताए । नोभेम्बर महिनामा युट्युबले क्यालिफोर्निया, बर्कले र याले युनिभर्सिटीलगायत केही संस्थालाई भिडियो अपलोड गर्दा अटोमेटिक क्याप्सन राखिने सुविधा उपलब्ध गराएको थियो ।
५० वर्षेखि प्रयोगमा आइरहेको प्रविधिलाई ठूलो रूपमा प्रयोग गर्न सकिने गरी विकसित गरिएको कम्पनीका इन्जिनियर माइक कोहेनले बताए । २५ वर्षेखि आफू यो प्रविधि विकासमा लागिरहेको उनको भनाइ छ । उच्चारण विविधताका कारण उत्पन्न हुने समस्या समाधान गर्नका लागि लामो समय खर्च गर्नुपरेको उनले बताए ।
नयाँ प्रविधिको प्रयोग गरेका क्यालिफोर्निया विश्वविद्यालयका विद्यार्थीले सकारात्मक प्रतिक्रिया दिएका थिए । क्याप्सन भएका भिडियोले आफूहरूलाई पनि ठूलो विश्वको हिस्सा बनाएको विद्यार्थीको अनुभूति छ ।
-नविन

0 comments:

Post a Comment