Pages

Ads 468x60px

Tuesday, March 9, 2010

उत्तर कोरियाको आफ्नै Operating System



उत्तर कोरियाले छुट्टै अपरेटिङ सिस्टम (ओएस) तयार गरेको आमजनताको रोजाइ विन्डोज अपरेटिङ सिस्टम भए पनि उत्तर कोरियाली सरकारले लिनक्समा आधारित अपरेटिङ सिस्टम 'Red Star' तयार गरेको

ग्राफिक डिजाइनका लागिसमेत उपयुक्त मानिएको रेड स्टार प्योङयाङका सफ्टवेयर पसलबाट ५ डलरमा खरिद गर्न सक्ने बताइएको छ । रेड स्टारका क्लाइन्ट र र्सभर दुबै भर्सन उपलब्ध छन् ।

रेड स्टारका लागि न्यूनतम ८ सय मेगाहर्जको पेन्टियम थ्री प्रोसेसर, २ सय ५६ एमबीको र्याम र तीन जिबीको डिस्कस्पेस चाहिन्छ । कोरियाली भाषामा उपलब्ध यो अपरेटिङ सिस्टम इन्स्टल गर्नका लागि १५ मिनेटको समय लाग्छ । कोरियाले ल्याएको अपरेटिङ सिस्टमप्रति आमजनताको आर्कषण भने नभएको बताइन्छ । रेड स्टारको सट्टा प्रयोगकर्ता भने विन्डोज एक्सपी र विन्डोज-७ मा नै रमाइरहेका छन् ।
कम्युनिस्ट मुलक क्युबाले गतवर्ष लिनक्सकै अर्को प्लेटर्फम गेन्टुमा आधारित अपरेटिङ सिस्टम नोभा तयार गरी प्रयोगमा ल्याइरहेको छ ।
-नविन

0 comments:

Post a Comment