Pages

Ads 468x60px

Wednesday, March 17, 2010

Microsoft Corporation को नयाँ free Antivirus


Microsoft Corporation ले नयाँ Antivirus कम्प्युटमा संग्रह गरेका डाटा तथा फाइलको सुरक्षाबाट चिन्तित प्रयोगकर्ताका लागी नयाँ एन्टिभाइरस सफ्टवेयर उपलब्ध गराएको
Microsoft Morro नामक सो एन्टिभाइरसले प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्ने सफ्टवेयरको माग बढिरहेको अवस्थामा अपरेटिङ सिस्टम सुहाउँदो सफ्टवेयर र्सार्वजनिक गरिएको जनाएको Morro ले कम्प्युटरलाई टोर्जान, भाइरस, मालवेयर, स्पाइवेयर, रुटकिटस् तथा अन्य कम्प्युटरको कार्यसम्पादनमा असर पार्ने खालका सफ्टवेयर कम्प्युटरबाट हटाउने Microsoft को दाबी

निःशुल्क डाउनलोड गर्न सकिने यो सफ्टवेयरमा बजारमा प्रचलित एभिरा, नोर्टन, म्याकेफिजस्ता एन्टिभाइरसमा भएका सबैखाले सुरक्षा प्रविधिको मिश्रति सुरक्षा प्रविधि भएको बताइएको छ । भर्खरै र्सार्वजनिक भएको Morro का प्रयोकर्ता थपिने क्रम बढदै गएको कम्पनीले जनाएको छ । ' Morro छोटो समयमा नै धेरै लोकप्रियता कमाएको छ । हामी ग्राहकलाई धन्यवाद दिन्छौं' कम्पनीको ब्लगमा भनिएको छ ।
Morro मो सफ्टवेयर को यसअघिको सुरक्षात्मक सफ्टबेयर Microsoft इन्टरप्राइजमा प्रयोग भएको मालवेयर प्रोटेक्सन इन्जिन प्रयोग गरिएकाले सुरक्षा मजबुत भएको कम्पनीले जनाएको छ । इन्टरप्राइजमा प्रयोग गरिएको मालवेयर प्रोटेक्सन इन्जिनले सुरक्षा प्रणालीका लागी विश्वप्रख्यात अवार्ड पाएको छ ।

1 comments:

  1. thanx for the info. very helpful.

    ReplyDelete