Pages

Ads 468x60px

Wednesday, March 3, 2010

जिमेलमा ६ सुविधा थपिए, ५ हर्टाईए


गुगलले आफ्नो इमेल सुविधा जिमेलमा केहि परिवर्तनहरु गरेकेा अब जिमेलमा सुविधा थपिएका छन् भने ५बटा पुराना सुविधा हटेका छन्

थपिएका सुविधाहरू
र्सच अटोकम्पलिट : जब तपाँइ इमेल र्सच गर्नकालागी अक्षर र्टाईप गर्नु हुन्छ, अब गुगल र्सचमा र्सचका लागी र्टाईप गर्दा सजेसन देखिएजस्तै केहि सजेसनहरु आउनेछन् । सजेसनहरुमा जिमेल एकाउण्टमा भएका कन्ट्रयाक्ट नाम, लेबल वा कहाँबाट, कसलाई जस्ता हनुसक्छन् ।
गो टु लेबल : लेबल गरिएका इमेलहरुमा सिधै जाने हो भने र्सचमा जानुस र जिएल र्टाईप गरेर एक स्पेश दिएर लेबलकेा नाम र्टाईप गर्न थाल्नुस । र्सच बस्कको पपअप निस्कन्छ र सुझाव देखाउँछ । आफुले खोजेको लेबल हाईलाईट भएपछि इन्टर थिच्नुस । सम्बन्धी लेबलका मेल देखापर्नेछन् । यो सुविधा लिनकालागी तपाँई इमेल एकाण्टको किबोर्ड सर्टकर्छ फिचर अन गर्नुपर्नेछ । कि बोर्ड एडिक्टहरुकालागी लक्षित यो सुविधा अन्य प्रयोगकर्ताकालागी उपयुक्त नहुनसक्छ ।
फरगटन एटयाचमेन्ट डिटेक्टर : जिमेलकेा यो नयाँ सुविधाले इमेल लेख्दा तपाँईले विर्सनुभएका एटयाचमेन्ट गर्नुपर्ने फाइलहरुलाई सम्झाउने छ । मेलमा टाइप गरिएको 'एटयाच्ड' अथव 'इन्क्लुडेड' जस्ता शब्दको आधारमा एट्याचमेन्ट सम्झाउने गर्छ तपाँईकेा मेलले ।
यु ट्युव प्रिम्युज : तपाँईका साथीहरुले युट्युवको भिडीयोको लिंक पठाउनु भएको छ भने तपाँईले आफनै एकाउण्टबाट नै भिडीयो हेर्न सक्नुहुनेछ, युट्युव खोल्ने झंझट गर्नुपर्दैन ।
कस्टम लेबल कलर्स : अब तपाँईले आफ्ना इमेलकालागी लगाउने लेबलाई सहजै पहिचान गर्नकालागी कलर गर्न सक्नुहुनेछ । जिमेलमा ४ हजार प्रकारका रंग उपलब्ध छन् । हाल भइरहेकेा लेबल ट्यागमा रहेको 'एड कस्टम कलर्स' अप्सनबाट लेबलको रंग छुट्याउन सकिन्छ ।
भ्याकेसन रिसोण्डर : यसो सुविधाले आफ्ना विदाका दिनलाई अघि नै सेट गर्न सक्नुहुनेछ । यसकालागी तपाँईले सुरुमा नै आफनो विदा सुरु हुने र सकिने मिती उल्लेख गरेर विदको अवधी अनुसारको उपयुक्त ठाँउ र क्रियाकलपहरु सुझाउने छ । यसकालागी इनबक्सको सेटिङमा रहेको जेनरल ट्याब भित्र गएर भ्याकेसन रिसोण्डर अप्सलन इनेबल गर्नुपर्छ ।

हर्टाईएका सुविधा
मज्जल : जिमेलमा रहेको यो फिचरले तपाँईको च्याट स्टाटस लुकाउन सहयोग पुर्याउने गरेकेा थियो । यो सुविधा हटाएकोमा जिमेल प्रयोगकर्ताहरुले निरासा ब्यक्त गरिरहेका छन् । उनिहरुले मज्जल सुविधालाई पुनः प्रयोगका ल्याउन अनलाई क्याम्पेनिङको रुपमा 'जिमेल मज्जल' नाममा ट्विटर एकाउण्ट खोलेका छन् ।
फिक्सड् विथ फन्ट : मेलकेा रिप्लाई गर्दा आएको म्यासेजलाई सोहि फर्म्याटमा हेर्न सकिने यो सुविधालाई जिमेलले हटाएको छ । मोजिला फाइरफस्क बेव ब्राउजर प्रयोग गर्नेहरुले भने यो सुविधा प्रयोग गर्न सक्नेछन् । र्
इ-मेल एडिक्ट : १५ मिनेटसम्मकालागी इमेल एकाउण्ट बन्द गरेर अन्य काम गर्न सकिने यो सुविधा जिमेलले हटाएको छ । नाम अनुसार नै इ-मेल एडिक्टहरुलाई लक्षित गरी उपलब्ध गराइएको यो सुविधा मोजिला फायरफक्सका प्रयोगकर्ताले 'पेजएडिक्ट' फिचर इनेबल गरेर प्राप्त गर्न सक्छन् ।
रयाण्म सिग्नेचर : इमेलको पुछारमा कुनै प्रसिद्ध मानिसहरुको भनाई रयाण्डमली राख्न सकिने यो सुविधा हर्टार्इएको छ । अब भने तपाँर्इ आफैंले यस्ता भनाईहरु तयार गरी लिस्टमा राख्नुपर्नेछ ।
लोकेसन इन सिग्नेचर : इमेलमा सिग्नेचरको रुपमा नाम तथा ठेगाना सहित इमेल खाता खोलिएको स्थान समेत दखाउने यो सविधा जिमेलले हटाएको छ । स्थानमा आधारीत सेवाहरुको लोकप्रियता बढिरहेको अवस्था जिमेलले यस्तो सेवा हटाउनुलाई अचम्म मानिएको छ ।
-नविन

0 comments:

Post a Comment