Pages

Ads 468x60px

Wednesday, March 10, 2010

ओपेरामिनीको नयाँ भर्सन


मोबाइल इन्टरनेट ब्राउजर ओपेरामिनीको नयाँ संस्करण र्सार्वजनिक भएको विन्डोज मोबाइल भर्सनका अपरेटिङ सिस्टम भएका मोबाइलका लागि तयार पारिएको नयाँ ब्राउजर चलाउनका लागि जाभा चाहिँन्दैन यसअघि विन्डोज मोबाइल अपरेटिङ सिस्टममा ओपेरामिनी चलाउनका लागि जाभा सफटवेयर आवश्यक पर्थ्यो

पुराना भर्सनमा भएका सबै सुविधा नया“ भर्सनमा उपलब्ध भएको कम्पनीले जनाएको छ । परिष्कृत ब्राउजरले वेभसाइटलाई ९० प्रतिशतसम्म कम्प्रेस गरेर अपलोड गर्ने हु“दा समय कम खपत हुने दाबि गरिएको छ । यसैगरी, नयाँ भर्सनको गति पनि उच्च भएकाले पैसा तिरेर ब्राउजिङ गर्नेका लागि कम खर्चिलो हुने बताइएको छ ।
हाल विश्वभर ५ करोडभन्दा बढी प्रयोगकर्ताले मोबाइलमा इन्टरनेट ब्राउज गर्दा ओपेरामिनी प्रयोग गर्ने गरेको कम्पनीले बताएको छ । नयाँ भर्सनको ओपेरामिनी 'ओपेरामिनी डटकम'मार्फ डाउनलोड गर्न सकिन्छ । बिटा भर्सनमा मात्रै आएको यो ब्राउजरलाई बिस्तारै फुल भर्सनमा ल्याउने कम्पनीको भनाइ छ ।

0 comments:

Post a Comment