Pages

Ads 468x60px

Sunday, February 21, 2010

June मा iPhone 4


Innovation कालागी सधैं अघि रहेको Apple ले सन् २०१० को June महिनामा iPhone 4 बजारमा ल्याउने तयारी गरिरहेको छ । नयाँ आईफोनमा पुरानो आइफोनमा भन्दा धेरै नयाँ फिचर हुने एप्पलको दावी छ ।
जसमा टच सेन्सेटिभ प्लाष्टिक केसिङ, ओएलईडि टचस्क्रिन डिस्प्ले, भिडियो च्याट सपोर्ट र ५ मेगापिक्सेलको क्यामरा हुनेछ ।

नयाँ आईफोनमा नयाँ भर्सनको अपरेटिङ सिस्टम ल्याउने कम्पनीले जनाएको छ । कन्फिगेरेसनका हिसावले पनि आईफोन फोर मजबुत हुने एप्पलको दावी छ । यसमा कोर टु डुओ प्रोसेसर र हाई रिजोलुसनको ग्राफिक्स हुने छ भने सहजै झिक्न र राख्न सकिने ब्याट्रिको पनि व्यवस्था गरिने भएको छ । एप्पलको प्लेटफर्ममाथि नै चुनौति थपिएको अहिलेको अवस्थामा आईफोन फोरले एप्पलको साख कायम राख्न सक्ला भनेर निश्चिन्त हुनसक्ने आधार भने छैनन् । यद्यपि बढदो प्रतिस्पर्धामा खरो रुपमा उत्रन आईफोन फोरले सहयोग पु¥याउने हो कि होईन भन्नेमा दुविधा नै छ । त्यसो त स्मार्टफोनको बजार लिडरको रुपमा रहदै आएको एप्पलको पछिल्ला दिनमा बजार हिस्सा गुम्दै गएको छ । बजारमा प्रतिस्पर्धी थपिएका कारण र प्रतिश्पर्धी क्म्पनीका मोवाइलमा आइफोनको विशेषता कम हुनुले पनि आइफोनको प्रभाव घटदै गएको विष्लेशकहरुले बताएका छन् ।

एविआई रिसर्चले गरेको एक सर्भेक्षणका अनुसार सन् २००९ को अन्तिम त्रैमासमा एप्पलले स्मार्टफोन बजारमा १६ दशमलव ६ प्रतिसत हिस्सा ओगटेको छ । अघिल्लो त्रैमासमा एप्पलको हिस्सा १८ दशमलब १ प्रतिसत थियो । बजार हिस्सामा आएको गिराबट उच्च नभएपनि महत्वपुर्ण संकेत दिने खालको छ । २००९ को तेश्रो र चौथो त्रैमासनमा स्मार्टफोन बिक्री औसतमा २६ प्रतिसतले बढेको थियो ।


‘हाम्रो अुनमानमा आईफोन केहि थकित भएको छ’ एविआईका केभिन बर्डेनले भने । एप्पलको बजार हिस्सा चिप्लीरहेको समयमा मोटोरोलाले भने स्मार्टफोन बजारमा आफ्नो हिस्सामा उल्लेख्य बृद्धि गर्न सफल भएको छ । आर्कषक मोडलको ड्रोइड स्मार्टफोन सन् २००९ को अन्त्यतिर बजारमा ल्याएको माटोरोलाले स्मार्टफोन बिक्रीमा ४ प्रतिसत हिस्सा ओगटेको छ ।
स्मार्टफोन बजारमा एप्पलको प्रतिस्पर्धी नया“ कम्पनी र ब्राण्ड होइन, प्लेटफर्म नै हो । विश्वका धेरै जसो स्मार्टफोन उत्पादकहरले प्रयोग गर्ने गरेको स्मार्टफोन प्लेटफर्म एन्ड्रोईडको विविधताका कारण यसको प्रयोग बढदै गएपनि एप्पललाई चुनौती थपिएको हो ।
-नविन

0 comments:

Post a Comment