Pages

Ads 468x60px

Wednesday, February 24, 2010

युरोपमा Internet Explorer को एकाधिकार सकियो


युरोपेलि बजारमा माइक्रोसफ्टको एकाधिकार समाप्त भएको छ । कम्पनीको अपरेटिङ सिस्टम विण्डोजमा बेभ ब्राउजरको रुपमा Internet Explorer (IE) लाई इन्बिल्ट (विण्डोजस सँगै आउने) नगर्ने विषयमा युरोपली युनियनसँग चलिरहेको विवाद समाप्त गर्दे कम्पनीले आगामि साता देखि युरोपका ग्राहकहरुलाई Internet Explorer विनाको अपरेटिङ सिस्टम उपलब्ध गराउने भएको छ । यसैगरी पुराना प्रयोगकर्ताहरुकालागी कम्पनीले वेभसाईट मार्फत अपडेट गर्न सकिने सुविधा उपलब्ध गराउने छ । यो निर्णय पछि Internet Explorer मन नपराउने प्रयोगकर्ताहरुले यसको ठाँउमा अन्य ब्राउजर प्रयोग गर्न सक्नेछन् ।

स्टार्टकाउण्टर नामक एजेन्सीका अुनसार युरोपेली बजारमा Internet Explorer को ४५ दशमलव ५ प्रतिसत हिस्सा छ । Internet Explorer लाई पछ्याईरहेको Mozilla Firefox को ३९ दशमलब २ प्रतिसत, Google Chrome को ६ दशमलव ३ प्रतिसत, Opera को ४ दशमलव ३ प्रतिसत र Safari को ३ दशमलब ७ प्रतिसत बजार हिस्सा छ ।’

0 comments:

Post a Comment