Pages

Ads 468x60px

Monday, February 15, 2010

ब्ल्याकबेरीका १० लुकेका कराहरू

स्मार्टफोन प्रयोगकर्ता माँझँ निकै लोकप्रिय ब्ल्याकबेरीले बजारमा २१ प्रतिसत हिस्सा ओगटछ । सन् १९९९ देखि क्यानेडाली कम्पनी रिसर्च एण्ड मोसन (रिम) ले उत्पादन गर्दै आएको ब्ल्याकबेरी विजनेस क्लासका युजहरुमाझ निक्कै लोकप्रीय छ । पहिले कल रिसिभ गर्ने र कल गर्ने सुविधा भएको पेजरका रुपमा बजारमा आएको ब्ल्याकबेरी सन् २००२ देखि स्मार्टफोनको रुपमा बजारमा आएको हो । ब्ल्याकबेरीको गुणस्तर, स्टाईल एव विश्वसनियताको बारेमा यसका प्रयोगकर्तालाई धेरै ज्ञान छ । तर यी दश कुराको बारेमा भने कमैलाई थाहा होला ।

१. अमेरीकी सरकारले मात्रै ५ लाख भन्दा बढि ब्ल्याकबेरी स्मार्टफोट प्रयोग गरिरहेको छ ।
२. कम्पनी स्थापना अघि सह–संस्थापक माईक लाजारिडिसले विल गेट्सको पुस्तकबाट एक पुष्ठ झिकेर कलेज नै ड्रप गरेका हुन ।
३. टर्किको इस्तानबुलमा जन्मिएका लाजारिडिसको वाल्यकालको नाम मिहालिस थियो ।
४. ब्ल्याकबेरीको उत्पादक रिमद्वारा उत्पादित चलचित्र बारकोड रिडरले प्राविधीक उपलब्धी विधामा ओस्कार अवार्ड जितेको थियो ।
५. ब्ल्याकबेरीलाई पृष्ठभुमिमा राख्दै अमेरिकाका पुर्व राष्ट्रपति जर्ज डब्लु बुसले ह्वाईटहाउसमा सन् २००६ देखि इमेल सेवा सुरु गरेका थिए । यसैगरी फ्लोरिडाका गर्भनर जेब बुसले पनि आफ्नो प्रतिमा अनावरण गर्दा पुष्ठभुमिमा ब्ल्याकबेरी नै राखेका थिए ।
६. ब्ल्याकबेरीको उत्पादक रिमले पहिलो काम जेनरल मोटर्सकालागी गरेको थियो । ६ लाख डलरको सो सम्झौता अन्तर्गत रिमले जेनरल मोटर्सको एसेम्बलि लाईन देखिने टर्मिनल बनाएको थियो ।
७. पहिलो ब्ल्याकबेरीको रुपमा निर्मित ब्ल्याकबेरी ९५० को कोडको नाम लिपफ्रग थियो ।
८. सन् २००० को दशकको सुरुतिर लाजारिडीसले ब्ल्याकबेरीको कोडीङमा १ करोड ६० लाख हरफ भएको बताएका थिए ।
९. विश्वप्रख्यात टक शो संचालिक ओपरा विन्फ्रेरे नोभेम्बर २००५ को आफ्नो कार्यक्रमका सहभागीलाई ब्ल्याकबरी ७१०५टि मोडलको ब्ल्याकबेरी उपहार दिएकि थिइन् ।
१०. ब्ल्याकबरी स्ट्रोम स्मार्टफोनलाई विकसीत गर्ने समयमा थण्डर नामले प्रचार गरिएको थियो ।
– नवीन

0 comments:

Post a Comment