Pages

Ads 468x60px

Thursday, February 25, 2010

गुगल बज बिरुद्ध मुद्दा


सोसियल नेटवर्किङ साईटहरुसँगको प्रतिस्पर्धाम उत्रनकालागी गुगलले जिमेलमा थपेको नयाँ फिचर ‘गुगल बज’ विरुद्ध मुद्दा परेको छ । क्यालिफोर्नियाका वासिन्दा इभा हिब्निकका तर्फबाट पार्टनर्स एलएलपि कम्पनीका विलियम अउदेतले गुगल बज बिरुद्धको मुद्दा दायर गरेका हुन् । त्यहाँको संघिय अदालतमा दायर गरिएको मुद्दमा गुगल बजले कम्प्युटरबाट हुने जालसाँजी तथा दुष्प्रयोग ऐन उलंघन गरेको आरोप लगाईको छ ।

सन १९८४ मा पारित भएको ऐनले कम्प्युटरमा राखिएको ब्यक्तिगत सुचनाको विश्वसनियता कायम गर्नुपर्ने ब्यवस्था गरेको छ । सान फ्रान्सिस्को क्रोनिकल अखबारका अनुसार मुद्दामा गुगललाई यस्ता क्रियाकलापबाट रोक्नुपर्ने माग गरिएको छ, तर मौद्रिक क्षतिपुर्ती उल्लेख गरिएको छैन ।
जिमेल अकाउण्टमा गुगल बज एक्टिभेट गर्दा मेलमा भएको सबै इमेल एड्रेसहरुलाई बजमा अपडेट हुने फिचरको निक्कै आलोचना भइरहेको छ । यसले गुगल बजमा आउन नचाहने मानिसलाई समेल जर्वजस्ती तान्ने भएकाले ब्यक्तिगत स्वतन्त्रता हनन भएको धेनैको गुनासो छ ।

0 comments:

Post a Comment