Pages

Ads 468x60px

Tuesday, February 23, 2010

कोटबाटै मोबाईल चार्ज



लोडसेडिङको समय मोवाइल चार्ज गर्न नपाएर पक्कै पनि हैरान हुनुहुन्छ होला तर अब हैरान नहुनुहोस् बरु धैर्य गर्न थाल्नुस् । बैज्ञानिकहरु ब्याट्रिबाट चल्ने उपकरण चार्ज गर्न विद्यूतकै सहारा लिनुपर्ने अवस्था अन्त्य गर्ने प्रयासमा जुटेका छन् । उनीहरुको प्रयास सार्थक भएमा तपाँई सुटबाट नै मोबाइल तथा क्यामेराको ब्याट्रि रिचार्ज गर्न सक्नुहुनेछ ।



क्यालिफार्नीया विश्वविद्यालयको नेतृत्वमा एक अन्तराष्ट्रिय टोलिले उर्जा उत्पादन गर्न सक्ने खालको फाइबर उत्पादन गरेको छन् । यो फाईबरबाट कपडा तयार गर्न सकिने उनीहरुको भनाई छ । बैज्ञानिकहरुका अनुसार यो फाईबरले यान्त्रिक तनावबाट उत्पन्न उर्जालाई विद्यूत उर्जामा परिवर्तन गर्न सक्नेछ र कुनै दिन साना उपकरणलाई चार्ज गर्न सक्ने खालका कपडा तयार गर्न सक्नेछ ।
सुक्ष्म आकारका यी फाइबर वा जेनेरेटरमा पिजो इलेक्ट्रिक गुण हुन्छ जसले गर्दा यान्त्रिक तनाव वा स्पर्शवाट प्राप्त उर्जालाई विद्यूत उर्जामा परिवर्तन हुन्छ । फाइबर जेनेरेटरको विकास गर्न टोलिक प्रमुख लिवि लिनले नयाँ प्रविधीको सहयोगले एक दिन हलुक खालका विद्युतीय सामाग्रीहरुको ब्याट्रि सामान्य शारिरीक गतिविधीबाट नै चार्ज गर्न सकिने दावी गरेका छन् ।
-नविन

0 comments:

Post a Comment