Pages

Ads 468x60px

Thursday, February 18, 2010

गुगलले हाइ स्पिड इन्टरनेट नेटवर्क बनाउने


गुगलले हाइ स्पिड इन्टरनेट नेटवर्क बनाउने भएको छ ।
५ लाख मानिसलाई समावेश गरिने सो नेटवर्क सञ्चालनमा आएपछि हाल इन्टरनेट सेवा प्रदान गरिरहेका कम्पनीमाथि दबाब पर्ने अुनमान गरिएको छ ।
गुगलले तयार गर्न लागेको नेटवर्कमा ठूला–ठूला साइजका वेभ एप्लिकेसन पनि दु्रत गतिमा चलाउन सकिनेछ । दूरसञ्चार कम्पनीहरुले हाल प्रदान गरिरहेको नेटवर्कको गति सुस्त भएकाले वेभ एप्लिकेसन चलाउन कठिन हुने गरेको छ । कम्पनीले तयार गर्न लागेको नेटवर्क हाल परीक्षणका लागि मात्रै भएकाले ५० हजारदेखि ५ लाख मानिसका लागि मात्रै हुने जनाएको छ । उसले तयार गर्न लागेको नेटवर्कले हाल उपलब्धभन्दा १ सय गुणा छिटो इन्टरनेट सेवा प्रदान गर्नेछ ।

‘हामीले प्रदान गर्ने इन्टरनेट सेवा प्रतिसेकेन्ड एक गेगावाइट बराबरको हुनेछ‘, ब्लगमा कम्पनीका प्रोडक्ट म्यानेजर जेम्स केली र मिन्निई इग्नेरसोलले लेखेका छन्, ‘जुन अहिले अमेरिकीले चलाएभन्दा १० गुणा छिटो हो ।’ कम्पनीले प्रदान गर्ने सेवामा सबैखाले एप्लिकेसन चल्न सक्ने बताइएको छ ।

बुधबार पोष्ट गरिएको गुगलको ब्लगमा नयाँ प्रविधिको प्रयोगपछि आउने प्ररिवर्तनलाई डक्टरले इन्टरनेटमार्फत बिरामीको थ्रि डि इमेज हेरेर उपचार गरिरहेको, विभिन्न स्थानमा रहेका विद्यार्थीले स्वयं कक्षाकोठामा उपस्थित भएजस्तै गरी कक्षा लिइरहेको तथा इन्टरनेटबाट ठूलो साइजको फिल्म डाउनलोड गरिरहेको देखाइएको छ ।
नयाँ नेटवर्क फाइबर अप्टिभ लाइनमा चल्ले कम्पनीले जनाएको छ । आफ्नो परीक्षणमा सहभागी हुने अमेरिकी कम्पनी तथा व्यक्तिलाई २६ मार्चभित्रमा आवेदन दिन आह्वान गरेको छ ।
गुगलले यसअघि पनि सन् २००६ मा इन्टरनेट सेवप्रदायका रुपमा आउने प्रयास गरेको थियो । अर्थलिंक इन्कर्पारेसनसँगको साझेदारीमा सुरु भएको सो अभियानमा गुगलले आशिंक सफलता पाएको थियो । सान फ्रान्सिस्को सहरभरि वायरलेस इन्टरनेट सेवा उपलब्ध गराइएको सो कार्यक्रम वित्तीय समस्याका कारण २००७ मा नै बन्द भएको थियो ।
-नविन

0 comments:

Post a Comment