Pages

Ads 468x60px

Tuesday, February 16, 2010

एसएमएसबाटै चलाऔं घरायसी उपकरण


हामीले रिमोट कन्ट्रोलबाट टेलिभिजन, फ्रिजलगायतका घरायसी उपकरण चलाएको धेरै वर्ष भइसकेको छ । रिमोटबाट विद्युतीय उपकरण सञ्चालन गर्दा धेरै सहज हुने भए पनि यसका पनि आफ्नो सीमितता छन् । टिभी बन्द गर्न बिर्सेर हिंड्यो भने पनि खुलेको खुल्यै ।

इन्फ्रारेडबाट चल्ने रिमोट कन्ट्रोलको सीमा कम गर्ने प्रयासस्वरुप भारतको जाकिर हुसेन कलेज अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका विद्यार्थीले एउटा नया“ उपकरण तयार गरेका छन् । यो उपकरणले प्रयोगकर्ताले पठाएको एसएमएसको आधारमा विद्युतीय सामग्री सञ्चालन गर्छ । टिभी खुलै छाडेर हिंड्नुभयो पीर नगर्नुस्, सम्झेपछि बन्द गर्न एसएमएस पठाइदिनुस्, बन्द हुन्छ ।
कलेजका प्रवक्ताका अनुसार, आफ्ना विद्युतीय सामग्रीमा यो उपकरण जडान गरेपछि विश्वको जुनसुकै कुनाबाट पनि सञ्चालन गर्न सकिन्छ । यो प्रविधि जडान गर्दा लागत पनि कम लाग्ने उनको दाबी छ । घरमा भएको विद्युतीय उपकरणलाई टाढाबाट सञ्चालन गर्नुपर्‍यो भने हाल इन्टरनेट, वाइफाइ वा ब्लुटुथजस्ता प्रविधिको प्रयोग गर्नुपर्छ, जुन आफैंमा निकै मह“गो प्रविधि हो ।
भारतको मुम्बईमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा पहिलोपटक सार्वजनिक गरिएको यस उपकरणको व्यावसायिक उत्पादनको सम्बन्धमा परीक्षण भइरहेको बताइएको छ ।
– नवीन

0 comments:

Post a Comment