Pages

Ads 468x60px

Saturday, February 27, 2010

‘माइण्ड ब्लोइङ’ विण्डोज ८


भर्खरै विण्डोज अपरेटिङ सिस्टमको सातौं संस्करण विण्डोज सेभन बजारमा ल्याएको माईक्रासफट कर्पोरेसन आठौं संस्करणको तयारीमा जुटिसकेको छ । कम्पनीले आफ्नो ब्लगमा विण्डोज एट माईण्ड ब्लोइङ हुने बताएको छ । विण्डोज ८ प्रयोगकर्ताहरुले अपेक्षा गर्ने भन्दा भिन्नै खाल सुविधाले भरिएको हुने छ’ ब्लगमा भनिएको छ । विण्डोज डट नेक्स्ट नाम दिइएको नयाँ भर्सनको अपरेटिङ सिस्टमले आम मानिसको पर्सनल कम्प्युटर प्रतिको सोचाईनै परिवर्तन गर्ने डेभलपर स्टेफन च्यापम्यानले बतँएका छन । ‘विण्डोज डट नेक्स्ट पर्सनल कम्प्युटरको भविष्यको स्वरुप हुनेछ’ उनले ब्लगमा लेखेका छन् ।



नयाँ भर्सनको अपरेटिङ सिस्टमकालागी माइक्रोसफटले ब्लगको सरुवात गरेको छ । ब्लगमा प्रयोगकर्ताहरुले आफुले चाहन सुविधाहरुको बारेमा लेख्न आग्रह गरिएको छ । ब्लगमा नयाँ भर्सनको अपरेटिङ सिस्टमको बारेमा धेरै लेखिएको छैन । यद्यपि विण्डोज डट नेक्स्ट ६४ विटमा मात्रै ल्याउने सोच भएको उल्लेख गरिएको छ ।
-नविन

0 comments:

Post a Comment