Pages

Ads 468x60px

Monday, April 27, 2009

पासवर्ड को प्रयोग र पासवर्ड को नै सुरक्षा

आज एउटा नयाँ प्रसँग कोट्याउ न । के तपाईंले यो सोच्नु भएको छ कि यदी तपाईंको हटमेल को अथवा याहू अथवा जिमेलको पासवर्ड अन्यले थाहापाएर तपाईंको ईमेल अकाउन्ट मा भएको सम्पूर्ण ईमेल डिलिट गरिदिन्छ ? नभय तपाईंको ईमेल र पासवर्ड ईन्टरनेट को कुनै वेबसाईट मा पोस्ट गरिदिन्छ भने तपाईं के गर्नु हुन्छ ? केही नभये पनि तपाईंको साथीको ठेगानाहरु त ईमेल मा । केही समय पहिले सुन्नु भएको नै होला फेस बुक प्रयोग कर्ता मध्यको २५००० जान जती को अकाउन्ट को नाम र पासवर्ड ईन्टरनेट मा पब्लिश गरियो । भन्नु को मतलब ईन्टरनेट भनेको असुरक्षित ठाउँ हो यहाँ कस्ता कस्ता प्रयोग कर्ता हुन्छन र उनिहरुको नियत कस्तो हुन्छ बुझ्न गर्हो हुने हुन्छ । अब चोरी भयो भनेर चोर लाई गाली गरेर त केही हुन्न । बरु पहिलेनै ताला चाबी बलियो गरेको राम्रो ।
अब ईन्टरनेट मा प्रयोग गर्ने पासवर्ड कसरी सुरक्षित प्रकारको बनाउने ? भन्ने बारेमा केही महत्वपूर्ण बुदा तल लेखदै छु यदी यती मात्र कुरालाई ध्यानमा रखेर पासवर्ड प्रयोग गर्नु भएमा तपाईंको ईमेल धेरै हदसम्म सुरक्षित रहने छ ।

१। आफन्त अथवा आफ्नो चीनजानको मान्छे को नाम प्रयोग password को रुपमा प्रयोग नगर्नुहोस । त्यो त तपाईंकै चीनजानकाले पत्ता लगाउन सक्ने हुन्छ ।
२। password सक्भर तपाईं सँग सम्बन्ध नराख्ने शब्दहरु को प्रयोग गर्नुहोस् ।
३। मुख्य कुरा हाम्रो बनी के हुन्छ भने धेरै जस्तो ठाउमा एउटै password राख्ने बनी हुन्छ त्यस्तो गर्दै नगरनुहोस् । मुख्य मुख्य ठाउमा फरक फरक password राख्नुहोस् र त्यसलाई आन्यमा प्रयोग नगर्नुहोस् र password कतै लेखेर राख्ने भन्दा पनि याद गर्ने बनी बसाल्द राम्रो ।
४। password पत्ता लगाउने सफ्टवेरको कमी छैन ईन्टरनेटमा त्यसैले अली गर्हो(६-७ अक्षर, जहाँ ठुलो सानो र कुन सन्केत पनि समाहित)किसिमको password बनाउनु पर्छ जस्ले सफ्टवेर बाट पत्ता लगाउन नमिलोस .
५। लगातार आउने अक्षर अथवा अंक जसतै १२३४५६ , abcdef, jkl; आदीको प्रयोग त गर्दै नगरनुहोस् .
६। password को उदाहरण स्वरुप Nep@1, K@thman2, One^2।
७। गलत स्पेल्लिङको प्रयोग password को लागि उपयुक्त हुन्छ ।
शायद यती कुराहरुमा ध्यान दिनु भएमा तपाईंको पासवर्ड सुरक्षित रहन्छ अन्यथा के हुन्छ भन्नेकुरा को निर्क्योल गर्न गर्हो हुन्छ नै

1 comments:

  1. कमेन्ट लेख्दा लेख्दा, लेखेको सब delete भयो. कृष्ण जी के भयो यो ?
    la teskarnle feri lekhen milyer padhnu hola hai.

    krishna jee thanks for this post

    fewdays ago i read in newspaper that Someone stole the passwords of a email. and send email to the every contacts from the email address, with requesting that owner of the email is in big trouble in aborad, send money as soon as possible. Many of his friends belive this and send money to help him. later they found they got fake mail . and Email owner can't do anything because hacker already change passwords.
    This is happen in Thailand with a big business man.

    ReplyDelete