Pages

Ads 468x60px

Monday, March 2, 2009

कम्प्युटर हार्डडिस्क र प्रोसेसर तपाईंको राम्रो कि मेरो ?

हामी हरेक दिन आफ्नो कम्प्युटर अथवा कसैको कम्प्युटरको बारेमा चर्चा गर्द मुख्य प्रसँगनै र्‍याम , प्रोसेसर र हार्डडिस्क को हुन्छ । समय र मुल्य अनुसार ल्यापटप होस् अथवा डेस्कटप कम्प्युटर यिनिहरुको बिन्यास फरक फरक पाईन्छ । यसैले पनि आफ्नो कम्प्युटर सँग आर्को को कम्प्युटर सँग तुलना गर्ने बस्तु अथवा बिषय भनेकोनै र्‍याम, हार्डडिस्क र प्रोसेसोर नै हुन्छ । तर यो मुख्य हुँदाहुँदै पनि हामी मध्य कतिलाई यो पनि थाहा छैन कि आफ्नो कम्प्युटर म र्‍याम कती छ हार्डडिस्क को क्षमता कती छ साथै प्रोसेसरको के कस्तो हो । अनी चर्चामा सामेल हुन न पाइन्दा को दु:ख यसरी मेटाउने गरेको पाईन्छ "खै यार आफुले त कम्प्युटरको बारेमा त्यती धेरै पढेको छैन । मेरो कम्प्युटरमा के के छ थाहा छैन पैसा ...... भने तिरेको थाहा छ " अनी त साथीहरु बाट झनै ठुल ठुल सुझाब टिका टिप्पणी को बर्षात हुन सुरु हुन्छ । त्यो त आफ्नो ठाउँमा छदैछ यता आफ्नो कम्प्युटर राम्रो हो कि हैन भन्ने कुरा को निर्क्योउल निकाल्न गर्हो भई रहेको हुन्छ । यावत कुराको समाधान लेख्न मन लागेर सुरु गर्दै त छु तर थाहा छैन कहिले सकिने हो । किन कि अहिलेको दिनहरु भनेको कम्प्युटर कती चल्छ र काम कती गर्न सकिन्छ भन्ने कुराको ठेगाना नरहने दिनहरु हुन "बत्ती कतिबेर जान्छ ठेगाना छैन" यो सबै को थेगो भई सकेकोले मेरो यो जानकारी पनि चाडै पोस्ट गर्न भ्याए उत्तम भन्ने सोचेको तर कति दिन लाग्ने हो हेरौं।

सहीमा भन्नुपर्दा मलाई यो सम्बन्धी लेख्न मनलाग्नुको पछाडि एउटा मुख्य रहस्य छ । २ ३ दिन पहिले को कुरा हो म एउटा कामले सरकारी कार्यालय पुगेको थिएँ। अब सरकारी कार्यालयहो काम त अलिकती ढिलो हुन्छ नै । कामको परखाइमै रहदा छेउमा एउटा कर्मचारी र आर्को चाँही शायद बहिरको भन्नाले कार्यालय बहिरको मान्छे हुनुपर्छ तर कुरा गराइ बाट उनिहरु राम्रै चिनजानको हुनु पर्छ गफ गरी रहेका थिए र उनिहरुको प्रसँग थियो "नयाँ कम्प्युटर" कर्मचारीले नयाँ कम्प्युटर भर्खर मात्र किनेको र बहिरको मान्छेले केही समय आघी । त्याह उनिहरुको कुरा के म अड्केको देखियो भने प्रोसेसर , हार्डडिस्क को क्षमता मा । एकजन भन्ने मेरो कम्प्युटरको प्रोसेसर २.० को छ अर्को भन्ने मेरो प्रोसेसर 3.0 अब कुन राम्रो हो त किन कि पुरानो कम्प्युटरमा 3.0 जिगा हर्ज को छ भने नयाँ मा झन 2.0 जिगा हर्ज(यो शब्द भने उनिहरुको नै हो)। त्यस्तै हार्डइस्क एकजान भन्ने ८० जिबी भने अर्को भन्ने ७४ जिबी यावत कुरा बाट मैले चाँही निश्कर्श के निकाली रहेको थिए भने कुरा दुबइको शही छ तर बुझाईमा मात्र फरक ।
पहिलो कुरा सुरु गरौ प्रोसेसोर को प्रसँग बाट कसरी हेर्ने त कम्प्युटरको प्रोसेसोर्को क्षमता कति छ भनेर ?
१। तपाईंको डेस्कटपमा रहेको My Computer मा right click गर्नुहोस् ।
२। अब properties मा click गर्नुहोस ।

३। general tab मै हेर्नुहोस् त ।

अथवा
start मा क्लिक गर्नुहोस् र All Programs मा गई Accessories मा जानुहोस त्याहाँ तपाईंले System Tool मा

क्लिक गर्नुभयो भने System Information देख्नु हुन्छ त्याहाँ क्लिक गर्नुहोस् र तल रातो चिनो लगाएको भागमा हेर्नुस् त ।

तर अब कुरा आँउछ पुरानो चाँही ३।० अनी नयाँ चाँही २।० अब तेस्को लागि भने यहाँ बाट फरक छुट्टीन्छ ।
-My computer पुन right click गर्नुहोस् अनी properties मा क्लिक गरी hardware Tab छान्नुहोस् ।
-अब Devise Manager बटनमा क्लिक गर्नुहोस् ।

-त्याहा processors को छेउको + मा क्लिक गर्नुहोस् त ।


अब थाहा पाउनु हुन्छ पुरानो कम्प्युटरमा १ प्रोसेसोर पाउनु हुन्छ भने नयाँ म दुइटा । यस्को मतलब तपाईंको कम्प्युटर ढिलो तर दुइटा प्रोसेसर छ भने पुरानोमा एउटै तर छिटो चल्ने छ तर तुल्ना गर्ने हो भने तपाईंको प्रोसेसरको गतिनै छिटो हुन्छ । यो प्रबिधिलाई multi core system अन्तर्गत dual core अथवा core2due हो । भने पुरानो चाँही single core अन्तर्गत पर्छ ।

अब कुर गरौ हार्डडिस्क को ।
तपाईंको कम्प्युटरको हार्डडिस्कको क्षमता हेर्नको लागि -My Computer मै right click गर्नुहोस् अनी Manage मा क्लिक गर्नुहोस् ।
अब Disk management मा क्लिक गर्नुहोस् र तल रातो चिनो लगएको भाग मा हेरिनुस् त ।

अब कुरा गरौ के भने 80 GB र 74 GB को यो चाँही खासमा यस्तो हो । हार्डडिस्क बनाउने कम्पनी र तपाईंको कम्प्युटरमा भएको Operating System ले गर्ने हिसाबको सुत्र मा फरक परेको हो । त्यो पत्त लगाउन यसो गर्नुस् त .
जम्मा क्षमता 80 GB त्यस्लाई यसरी हिसाब गर्नुहोस्
80GB = 80*1000*1000*1000 bytes यो हार्डडिस्क कम्पनीको सुत्र
80GB = 80*1024*1024*1024 bytes यो तपाईंको Operating सिस्टम को सुत्र ।
अब हिसाब गरौन ।
80*1000*1000*1000= 80000000000
((80000000000/1024)/1024)/1024=74.50580596923828125
लग्भग 74GB .
मलाई यो थाहा छ कि यो हामी मध्य धेरै मित्रलाई थाहा छ । अझ केही भय कमेन्ट मार्फत पाउने आशा छ । धन्यवाद ।।।।

5 comments:

  1. नेपाली font कसरी डाउनलोड गर्ने?

    ReplyDelete
  2. Krishna ji,
    Really nice illustration and explanation.

    तर एउटा कुर नि तपाईं को भन्दा मेरो कम्प्युटर नै राम्रो हो है ।

    3.6 GHz processor,;
    360 GB HDD 8 2;
    4 GM memory
    NVIDIA GeForce 8 series

    अनी भएन त म अगाडि ?

    ReplyDelete
  3. bhumi nanda dhakalJuly 26, 2009 at 1:35 AM

    धेरै राम्रो छ यो साईट हामी विधार्थीहरु देखी लियर अन्य मनिस्हरुका लागि । त्यसका लागि म हजुरहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
    भुमी नन्द ढकाल
    थापाथली ईन्जिनियरिङ क्याम्पस
    थापाथली, कम्प्युटर ईन्जिनियरिङ
    तेस्रो बर्ष

    ReplyDelete
  4. thanks bro . I need more information.

    ReplyDelete
  5. tapaiko side dherai ramro lagayo computer sambandi derai kura bhuja paiyo tapailai derai derai dhannebata hai ta.

    ReplyDelete