Pages

Ads 468x60px

Thursday, February 26, 2009

Blogger र Google Friend Connect नयाँ प्रबिधी, यसका सेवा र समस्या ।


ब्लग प्रयोगकर्ता ले प्रयोग गर्दै आईरहनु भएको Follower सुबिधा मा गूगलको केही परिवर्तनले पाएको नयाँ रुप को बारेमा केही चर्चा गर्न मन लाग्यो। हुनत अहिले यो सुबिधाको आगमन सँगै धेरै साथीहरुको ब्लग को Follower संख्या घटेको छ यस्को कारण त दिलिप जि off topic कमेन्टको रुपमा धेरैले पढ्न भ्याइ सक्नु भएको छ भने केही बाँकी हुनु हुन्छ भने यहाँ क्लिक गर्नुस् ।
कुरा यसको मात्र गर्न भने मेरो उदेश्य पक्कै होइन । मैले चर्चा गर्न खोजेको गूगल ले परिवर्तन गरेको यो सेवा मा परिवर्तन के के छ र त्यस बाट हुने फाईदा र बेफाईदा कुरा हो ।
यसका फाईदाहरु :


१) पहिले केबल गूगलको प्रयोगकर्ता तपाईंको पाठक रहन्थे भने अब Yahoo, AOL, WordPress, Typepad जस्ता का प्रयोगकर्ता पनि थपिने भए। जस्ले तपाईंको लेखन लाई केही प्रोत्सहन अवश्य मिल्ने हुन्छ ।
२) तपाईंको मित्र संख्या पनि निक्कै बढ्ने देखिन्छ किनकी तपाईंले जसरी hi5 जस्ता नेट्वोर्क मा साथीहरुलाई बोलाउने सुबिध दिएको छ त्यसरिनै यहाँ पनि त्यस्तो सुबिध भएको ले त्यस्को उपयोग गर्न सकिन्छ ।
३)Follower तस्विरमा क्लिक गर्दा अर्को window खुलेर त्यस्मा मित्रको बारेमा लेखेको पढ्न पाइन्थ्यो भने अहिले एकै ठाउँमा देखिने हुन्छ साथै पहिले नयाँ मित्रले पुरनो मित्रलाई पहिलो ठाउँ बाट बिस्थापित गरिने थियो भने अहिले जुन पुरनो पहिले र नयाँ पछी देखिने हुन्छ ।
४) सबै भन्दा सजिलो त more भन्ने option मा क्लिक गर्द आन्य छोपिएको साथीहरु अर्कै screen मा देखिने गरेको मा अहिले त्यही ठाउँमा देखिने हुन्छ ।
५) मुख्य बिशेषतको कुरा गर्द मित्रको तस्विरमा क्लिक गर्नु भएमा उहको परिचय त्यसै ठाउँमा खुल्ने हुन्छ भने पहिले अर्कै screen मा खुल्ने गरथ्यो ।
अब केही बेफाईदाहरु :
१) पहिले यो खुल्न अली समय लगाउने हुँदा तपाईंको ब्लगको नै खुल्ने समय बढीरहेको छ ।
२) सोसल नेट्वोर्किङ मन नपर्नेहरुका लागि पिडादाइ सबित हुन्छ नयाँ following । किनकी तपाईंलाई पुन निमन्त्रना आउने क्रम सुरु हुन्छ।
३) follower बढाउने प्रतिस्पर्धा को सम्भावना बढी देखिने हुँदा फर्जी ईमेल को प्रयोग हुने सम्भावनालाई नकार्न मिल्दैन ।
यि सबै बेफाईदाको भय ता पनि आन्य सुबिध यस्ता छन जुन तपाईंको लागि उपयोगी हुन सक्छ । यि सबैको लागि यो भिडियो हेर्नु भय हुन्छ । साथै तल दिएको ठेगाना म क्लिक गरी यो भन्दा धेरै जानकारी लिना सक्नु हुन्छ ।









http://help.blogger.com/bin/answer.py?answer=141159
http://www.google.com/friendconnect/
http://buzz.blogger.com/2009/02/friendconnect-grow-your-blogs-community.html

0 comments:

Post a Comment