Pages

Ads 468x60px

Monday, February 2, 2009

तपाईंको ब्लगको लेखहरु सुरक्षित गर्ने होइन त ?


कसैको दु:ख गरेर कमाएको धन चोर्नु चोरको बानी हुन्छ । तर कसैले दिएको ज्ञान को प्रयोग गरेर कमाएको धनलाई चोरेको भनिन्दैन । कुरा आउछ ज्ञानलिएर त्यसको हु-बहु कपि गर्नु भन्दा पनि आफ्नो केही नयाँपन थप्नु उत्तम हुन्छ । धेरै ब्लगमा के लेखेको पाइयो भने "यो प्रसँग मैले लेखेको हो", त्यस्तै कुनै ब्लगको केही भाग मात्र अर्को ब्लग मा प्रकाशन आदी हुने कार्य निकै भएको देखिन्छ । हुन त यो कतिको सही र कतिको गलत हो त्यो भने मलाई थाहा भएन । तर तपाईंले आफ्नो ब्लगमा लेखिएको कुरालाई कसैले साधारण तरिक बाट कपि नगरुन भन्ने चाहनु हुन्छ भने यो तल दिएको उपाय अपनाउन सक्नु हुन्छ ।

यहाँ के पनि उल्लेख गरौ भने । यो प्रबिधी अती उत्तम छ भनेर त भन्दिन तर जसरी mysansar.com मा right click गर्दा आउने warning धेरैनै रमाइलो लागेर मैले पनि केही मेहनत गरे जसबाट यो code पाएँ । हुनत "चोरको कती उपाय" भने झैं गर्ने ले त जसरी पनि कपि त गरिहाल्छन तर पनि गरे भन्दै मा केही नगरनु भन्दा केही उपाय अपनाउनु राम्रो हो कि जस्तो लगेर मैले यो कुर ब्लग मा लेख्ने आट गरेको हो । त्यो भन्छन नी घरमा लागाइने ताला चाहिँ मित्र अथवा चिनजानको मान्छेको लागिमात्र हो रे चोरको लागि होइन रे किन कि चोरले ताल्चा फुटाएर भए पनि चोर्छ । अब त्यसो भन्दैमा ताल्चा नै नलगाउने कुरा त भएन भने झैं । तपाइँको मेहनत लाइ कपि त गर्छन तर गरिहल्छन भन्दैमा केहि नगर्नु भन्दा अलि अप्ठ्यारो भए पनि बनाउन पाएँ केहि कपि गर्ने मात्रामा कमि अाउछ कि भन्ने मात्र हो । बास्तवमा यो कोड पनि मैले लेखेको अथवा मेरो मातहतमा लेखिएको होइन मैले पनि एक प्रकारको चोरी नै गरेको भन्नु पर्छ । तर चोरेर ल्याएको भए पनि उपयोग नै गरेको छु दुरूपयोग चै पक्कै छैन ।
>>अाफ्नो ब्लगको Dashboard खोल्नुहोस् र त्याहाँ layout मा किल्क गर्नुहोस ।

>>त्याहाँ Add a Gadget मा किल्क गर्नुहोस ।
>>अब html/javascript लाइ तपाइँको add गर्नुहोस ।

>> याहाँ बाट code डाउनलोड गरी यो बक्समा paste गर्नुहोस ।
>> अथवा याहाँ बाट कपि गर्नु भए पनि हुन्छ ।


>> Title मा केहि नलेखि save बटनमा किल्क गर्नुहोस ।
राम्रो चै कतै व्लगको माथिल्लो भाग तिर यो Gadget राख्नु हुनेछ ।

1 comments:

  1. ब्लागस्पाट त यस्तो गर्ने तर ब्लोग्सोममा चाही के गर्ने हो नि कृष्ण जी ????

    ReplyDelete