Pages

Ads 468x60px

Monday, February 16, 2009

कम्प्युटर चालकको केही राम्रो बानिहरु

कम्प्युटर होस् अथवा अन्य कुनै पनि उपकरण सही किसिमले चलाऊदै आईएको छ भने ठिकै हो नत्र भने चलाऊन अल्छि लाग्ने हुन्छ । जस्तैमा भनु न कम्प्युटरको डेस्कटप भरी फाइल नै फाइल छ भने त्यो कम्प्युटर हेर्दै अल्छि लाग्दो हुन्छ । त्यस्मा के काम गरिन्छ होला ? c: डाईभ खोल्यो त्यस्तै । अनी जहिले पनि मिलाउछु भन्यो फेरी जस्ताको त्यस्तै कती पटक त काम लग्ने फाइल समयमा नभेटेर हैरन त्यसपछी त कम्प्युटरमा राम्रो गर्न गरेको काम गलत सबित हुन्छ । अब धेरै जसो समय फाइल मिलाउने नाम मा केही समय कम्प्युटरलाई दीइन्छ तर मिलाउदा मिलाउदै यस्तो महत्वो पूर्ण फाइल भेटिन्छ जस्लाई धेरै दिन देखी खोजिएको हुन्छ अनी मिलाउने काम सकियो । यावत समस्याको समाधान एउटै हुन्छ त्यो भने को बानि मा परिवर्तन । यहाँ केही तरिका छ जस्लाई पछ्याउदा उल्लेखित समस्या कम हुन्छ जस्तो लाग्छ । 

१ # फाइलहरुको व्यबस्थापन । 
हामीलाई धेरै सजिलो लाग्छ जब फाइल save गर्दा डेस्कटप अथवा माइ डकुमेन्ट छान्नको लागि तर जब हतारमा फाइल खोज्नु पर्ने हुन्छ त्यसबेलामा नभेट्नु अझ विशेषत फाइलको पुरा नाम अथवा नाम नै थाहा नहुनु विचरा छेउमा बसिरहेका आफु भन्दा साना अथवा गालीगर्न मिल्ने अथवा रिसपोख्न मिल्ने छन भने उनिहरूलाइ दुःख मात्र । यसबाट बच्न तल केहि मेरो तरिकाहरू लेख्दै छु ।
# पहिले तपाईंको कम्प्युटरमा प्रयोगबिहिन फाइल डिलिट गर्नुहोस् । त्यस्तै काम लाग्न सक्छ भन्ने फाइललाई सकेसम्म CD मा नभय एउटै फोल्डरमा राख्ने गर्नुहोस ।
# केही समय फाइलहरु कसरी राख्ने भन्ने बारेमा योजनको लागि छुट्याउनुहोस् । 
# फोल्डर भित्र सिधै फाइल नराखी पुन नयाँ फोल्डर बनाउनुहोस् र बनाउदा के ध्यान दिनुहोस् भने फोल्डर को नामले त्यस फोल्डर भित्र रहेको फाइलको प्रकार लाई जनाओस जस्तै मा भन्नु पर्दा college document, office document, project work, letter, songs, video आदी ।
२ # तपाईंको हार्डडिस्कमा बेला बेला मा Disk Cleanup र Disk Defragmenter चलाऊने गर्नुस् जस्ले केही हार्डडिस्कमा खाली ठाउँ साथै हार्डडिस्क छिटो चलाऊन मद्घत गर्छ । अब यो कती कती दिनमा चलाऊने भन्ने कुरा चाँही तपाईंमा भर पर्छ ।
यस्को प्रोग्रामको लागि click Start , point to All Programs, then point to Accessories, and then choose System Tools.
3 # system restore को प्रयोग । 
यो एउटा यस्तो टूल हो जस्ले तपाईंलाई धेरै जसो भैपरिआउने समस्या जस्तैमा भाईरस लागिहाले मा अथवा झुक्किएर कुनै प्रोग्राम डिलिट गरिएमा अथवा कुनै प्रोग्राम आँफै बिग्रेमा तुरुन्तै पुन पर्‍योग योग्य बनाउन केही मद्घत गर्छ । System Restore ले तपाईंको कम्प्युटरको अवस्था को रेकर्ड राख्नेहुदा क्यालेन्डरको हेरेर कम्प्युटरलाई केही समय अगाडिको configuration मा चलाऊन मद्घत गर्छ । 
यो प्रयोग गर्नको लागि 
1. Click Start, and choose All Programs.

2. Point to Accessories, then point to System Tools, and then choose System Restore.

3. When the program begins, choose Create a restore point and click Next.

4. Enter a description of the restore point and click Create. After a few seconds, the program will     tell you the date, time, and description of the new restore point.

5. Click Close to exit System Restore.

सकिन्छ भने windows र office सफ्टवेर साथै antivirus लाई समय समय म update गर्ने गर्नुस् 
सबै भन्दा महत्वपूर्ण कुर चाँही Anti Virus प्रोग्राम जुनसुकै प्रयोग गर्नु भएको भय पनि अप्डेट र समय समय म स्क्यान गर्नु चै नबिर्सनु राम्रो कम्प्युटर प्रयोगकर्ता को पहिचन जस्तो लाग्छ मलाई । हुन त यो सबै धेरै जसोले गरी रहनु भएको हुन्छ साथै कसैले थाहा भाएर पनि नगरि रहुनु भएको हुन सक्छ उहा हरुलाई नराम्रो भन्ने नियत चाँही मेरो होइन । 

1 comments: