Pages

Ads 468x60px

Saturday, February 21, 2009

Assembled कम्प्युटर राम्रो कि branded कम्प्युटर राम्रो ?


पहिलो कुरा त यो विषय नै पुरानो हो किन कि हामी मध्य धेरैलाइ Assembled कम्प्युटर भन्नाले कस्तो कम्प्युटर हो र Branded कम्प्युटर भन्नाले कस्तो कम्प्युटर लाइ भनिन्छ भन्ने कुरा को ज्ञान राम्रो छ । तर पनि कता कता मलाइ चाहिं अझै पनि कतै नबुझिएको हो कि जस्तो भान हुन्छ । यसको उद्धारण दिन चाहान्छु । मेरो एकजाना मित्र हुनुहुन्छ उहाँ केहि हद सम्म कम्प्युटरको बारेमा दखल भएकै व्यक्ति मान्नु पर्छ । उहाँ के भन्नु हुन्छ भने Mercantile , Dell , HP मध्यकै कुनै कम्प्युटर किन्नु राम्रो हो भन्नु हुन्छ । हो मैले पनि भने सहि हो यीनै को राम्रो हुन्छ । तर के कुरामा राम्रो हुन्छ अथवा कसरी यिनिहरू राम्रो भए त ? भन्ने प्रश्न सोध्दा के जवाफ पाएँ भने । हरेक तवरले राम्रो हुन्छ (स्पिड, क्षमता , सपोर्ट र अन्य)। याहाँ कुरा आउछ "के Branded कम्प्युटर सबै भन्दा राम्रो हो त ?, के Assembled कम्प्युटर Branded सँग तुल्ना योग्य नै छैन त ? के branded कम्प्युटर भन्दा छिटो साथै क्षमतावान हुन्छ त ?" यावत कुराको निर्क्योल गर्ने प्रयास गरौं न ।

Branded कम्प्युटर भन्नले कस्तो कम्प्युटरलाई भनिन्छ त ?
कुनै यस्तो कम्प्युटर जस्लाई कुनै कम्पनी ले छुट्टा छुट्टै पाइने सामानलाई जोडेर एउटा पूर्ण कम्प्युटर बनाएर आफ्नो कम्पनीको टिकट टासी बेच्ने कम्प्युटरलाई आम भाषामा branded कम्प्युटर भनेर चिनिन्छ । कम्प्युटर बजारमा ग्राहक धेरै प्रकारको हुनु भएकोले यस्ता कम्पनीहरुले समय र ग्राहकको चाहनलाई ध्यानमा राखेर भिन्न भिन्न किसिमको कन्फिग्रेसन को कम्प्युटरहरु बजारमा लिएर आउने हुन्छन । अब पढ्न र सुन्न के पाईन्छ भने ठुला ठुला कम्पनीले चाँही आँफैले आडर दिएर कम्प्युटर पुर्जा बनाउन दिने हुन्छन रे भने सानो तिनो branded कम्पनी ले त यही बजारमा हामीले किन्ने सामनहरुनै मगाएर जोड्ने काम गर्छ । 

Assembled कम्प्युटर भन्नाले कस्लाई जनाउछ त ?
Assembled भन्नाले त्यो कम्प्युटर जुन चाँही बजारमा गएर अफुले चाहे जस्तो सामानहरु तथा त्यसमा पनि चहिएकै क्षमता भएको समान सहितको कम्प्युटर पसलवाला अथवा आँफैले जोडेर बनायको कम्प्युटर लाई बुझिन्छ । 

अब कुरा गरौं फरकको branded कम्प्युटरहरु उच्च स्तरको प्राबिधिकबाट पार्ट पुर्जाहरु छान्ने र त्यस्को संयोजन गर्ने गरीन्छ जस्को मुख्य उद्देश्य भनेको प्रयोगकर्ताको आवश्यकता परिपुर्ती नै हुन्छ । तर यसो गर्दा हरेक प्रयोग कर्ताको आ–आफ्नै आवश्यकता हुन्छ । जसले गर्दा सवैकोलाइ चाहिएको संयोजनको कम्प्युटर नभेटिन पनि सक्छ भने उच्च स्तरको प्राविधिकको रेख देखमा बनाइएको कम्प्युटर हुने र साथै मुख्य चाहि जुन कम्पनी ले निर्माण गरेको हो उक्त कम्पनीको मातहतमा एक वर्ष अथवा दुइ वर्षको ग्यरेन्टि रहने हुदा प्रयोगकर्ताको सुविधा धेरै पाइने देखिन्छ । भने Assembled कम्प्युटरमा भने पसलवालाको सल्लाहा अथवा तपाइँको जानकारीको संयोजनमा पार्ट पुर्जा जोडेर तयार गरीने कम्प्युटरको ग्यारेन्टी भने पसले ले केहि महिनाको लागि लिने हुन्छ । त्यो पनि तपाइँ र पसलवालाको बिचको समझदारीमा भर पर्ने हुन्छ । 
यि सबै बाट के देखिन्छ भने पक्कै पनि Branded कम्प्युटर राम्रो र उप्युक्त हुने देखिन्छ । तर केही हिसाबले भने branded कम्प्युटरको पनि बेफाईदा भने देखिन्छ त्यो भनेको यस्को मुल्य नै मुख्य हो । यतिकै पनि उस्तै कन्फिगरेसन को branded र assembled मा लग भाग आधा दामकै फरक पर्ने हुन्छ भने भनेको जस्तो कन्फिगरेसन को branded कम्प्युटर पनि नपाईने हुन्छ । यस्को उधारणाको लागि मलाई एउटा राम्रो (यहाँ राम्रो भन्नाले क्षमता बढी भएको भनिएको हो) कम्प्युटरको अवश्यक्ता छ जुन चाँही मैले गेम तथा सिनेमा हेर्नको लागि किन्न खोजेको हो तर Branded कम्प्युटर किन्न गयो भने यस्मा भिडियो कार्ड साथै साउन्ड कार्ड हाई फाइ राखेको हुन्छ अब म गेम मात्र खेल्ने हुँदा भिडियो कार्ड त ठिकै हो तर त्यस्तो हाइ फाइ साउनड त मलाई चाँहीएको छैन तर पनि मैले लिनै पर्ने हुन्छ । कहिले काहीत म सँग पैसा तिरेर लिएको विन्डोजको XP भर्सन छ भने पनि Branded किन्न जाँदा Vista लिनु पर्ने मजबुरी हुन सक्छ । त्यसै पनि Branded कम्प्युटर मर्मत गर्न पनि assembled भन्दा बढीनै लग्ने प्राय देखिन्छ । 
अर्को समस्या पनि भनु याहाँ Branded को बारेमा,यसमा तपाइँ संग विकल्प भनेको केहि हुन्छ भने Assembled मा भने विकल्प नै विकल्प हुन्छ । Assembled मा तपाइको वजेटको विकल्प हुन्छ । तपाइँको कामको विकल्प हुन्छ तर Branded मा भने कम्पनीले जे को जस्तो विकल्प सोचेको छ त्यही तपाइँको पनि विकल्प हुने हुन्छ । 
भन्दैमा Assembled नै राम्रो भनेर मेरो सोच प्रकट गर्न भने खोजेको होइन तर यो पनि Branded को विकल्प चैं हो भनेको मात्रहो तर किन्दा कुन लिने भन्ने कुरा भने तपाइँको अावश्यक्ता साथै तपाइँको बजेट यी सबैले निर्धारण गर्ने देखिन्छ ।

2 comments: