Pages

Ads 468x60px

Tuesday, January 27, 2009

Throw your hard drive away, Google's Gdrive arriving---


बाहिरी मुलुकमा पाइने कम्प्युटरक्षेत्र को सुबिधाको बारेमा पढ्न मन लाग्छ अनी लागे पश्चात लेख्न मन लाग्छ । अब फेरी मैले के पढें भने गूगल ले पनि Gdrive अन्लाईन स्टोरेज लिएर आउँदैछ । अब माईक्रोसफ्ट(MSN) र गूगल को यतिकै पनि देखिने गरेको "त भन्दा म के कमको" दौरान मा ईन्टरनेट चलाऊनेहरुले पुन: एउटा नयाँ अन्लाईन डाटा राख्ने प्रबिधी उपयोग गर्न पाइने देखिन्छ । हुन त हामी नेपालीको कर्म "काग लाई बेला पाके हर्श न विशमात" भने झै ईन्टरनेट नै चलाऊन नपाइरहेको बेला मा अझ भन्नुपर्दा कम्प्युटरनै चलाऊन मोबाईल को अलार्म लगाएर राती राती उठेर चलाऊनु पर्ने बेलामा ईन्टरनेट को दुनियाँमा जे भएको सुन्दा पनि रिस उठ्नु त सोभबिक नै हुन्छ । त्यस्मा पनि मोबाईल लाई फोन गर्न त यतिकै पनि error connection र नभएको फोन busy त्यस्तै एकै ठाउँमा दुइटा मोबाईल रखेर एक बाट आर्को मा गर्दा संम्पर्क हुन सकेन जस्ता NTC दिदीको सु-मधुर आवाज सुन्न भन्दा अर्को काममा प्रयोग गर्न मिल्ने भनेको त्यही हो आलार्म ।
यस्तो मा झन नेपाल को ईन्टरनेट को स्पीड जुन ईमेल पठाउन परेमा NTC को message बरु छिटो गतिमा जान्छ भन्नु को अर्थ यतिकै पनि NTC को गुन गान गर्नु मात्र हो । यस्तो अवस्थामा ईन्टरनेट मा के लेखेको पाईन्छ भने तपाईंको स्टोर गर्न राखेको हार्डडिस्क फाली दिनुस् रे अब गूगल ले एउटा यस्तो प्रबिधी को रिमोट स्टोरेज तपाईंहरुलाई उपलब्ध गराउदैछ जस्लाई साधारण तरिक बाट कम्प्युटरमा save/open गरे सरह डाटा राख्न तथा झिक्न मिल्ने छ ।

अब यो भन्दा अरू के नै चाहिन्छ र फ्री मा यस्तो प्रविधि जसले ५००० भने पनि बचाइ दिने भो । तर के गर्ने यसको लागि १०००० नै खर्च गरे पनि कम्प्युटरमा जोडे सरह छिटो डाटा save/open गर्न सकिन्दैन क्यारे ! मैले यो भन्दा पहिलेको जानकारी पनि यसै सँग सम्बन्धित कोट्याएको थिय तर त्यो लेख्नु मा ईन्टरनेट नै मुख्य समस्या देखियो । तर के गर्ने पढ्न भने पनि पाईन्छ त्यहीनै ठुलो कुरा छ भनेर चित्त बुझाउनु पर्‍यो नी होइन ?
सन्दर्भ अझै गूगल कै सर्च ईन्जिन को हिरो यो कम्पनी ले यही २००९ मा लिएर आउने यो Gdrive को बारेमा गूगल को कुनै वेबसाईटमा त कतै लेखिएको पाइएको छैन तर अनुमान लगाउनेहरुले लेखे अनुसार यो क्लाउड कम्प्युटिङ प्रविधि भन्नुको मतलब विश्वको कुनै पनि ठाउँ बाट प्रयोगकर्ता ले आफ्नो डाटा झिक्न तथा राख्न सकिने बुझिन्छ । तर प्रष्टरूपले के देखिन्छ भने बाहिरी मुलुकमा पनि यो Gdrive को खसै प्रभाब भने कस्तो पर्छ हेर्न बाँकी नै छ । किन कि २००५/२००६ तिर पनि गूगल को यो प्रबिधी सँग केही मिल्दो जुल्दो प्रबिधी त गूगलकै तर्फ बाट चाखी सकेका छौ । अब हेर्न के मात्र बाँकी छ भने यस्मा के त्यस्तो नयाँ रहला । बिशेष यो प्रसँग मैले यो वेबसाईट बाट पढेर कोट्याएको हो ।

0 comments:

Post a Comment