Pages

Ads 468x60px

Tuesday, January 6, 2009

Multi-PC, Multi-seat, Multi-Station or Multi-terminal भन्नाले कस्तो प्रविधि ......


Multi-PC, Multi-seat, Multi-Station or Multi-terminal भन्नाले एउटै कम्प्युटरलाई धेरै प्रयोगकर्ताले एकै समयमा चलाऊनु भन्ने बुझिन्छ । हुनत यसो भन्दा अर्को अर्थ नेट्वर्क बाट धेरै प्रयोगकर्ताले प्रयोग गर्ने भन्ने पनि लाग्ने हुन्छ तर यहाँ छुट्टा छुट्टै monitor, keyboard, अनी mouse प्रयोग गरी एउटै CPU बाट चलाऊने भन्ने बुझिन्छ । यसरी प्रयोग गर्नको उदेश्य भने अहिले वढ्दो क्षमताको Processor र  Memory त्यस्तै अन्य कम्प्युटरको पुर्जाहरु जसले धेरै प्रकारको कामहरुलाई एकै समयमा ढिल नगरि सकाउने हुँदा एकै प्रयोगकर्ता  द्वारा चलाऊदा धेरै जसो समय कम्प्युटरको कार्य क्षमता यतिकै खेर जाने हुन्छ । हुनत हरेक समय यसरीनै खेर गइरहेको हुन्छ भन्न त सकिन्दैन तर धेरै जसो समय हुनसक्छ । जस्तैमा, मात्र web browser अथवा word processor चलाऊदा कम्प्युटरको जम्मा जम्मी क्षमतको १०% मात्र खपतहुने र ९०% यतिकै प्रयोग बिहिन हुने हुन्छ । तर multi-terminals अथवा multiuser प्राबिधिको प्रयोगले त्यस्तो पनि उपयोग गर्न मिल्ने हुन्छ । तर केही यस्तो समय (जस्तै game हरु खेल्दा) पनि हुन्छ  जुन समयमा धेरै जसो स्रोत खर्च हुने हुँदा अन्य प्रयोगकर्ताहरुले भने ढिलो को महसुश गर्ने हुन्छन । भनिन्छ Multi-terminal प्रबिधी सस्तो हुन्छ । यसो गर्दा छुट्टै motherboard, Processor, Memory, harddisk र अन्य डिभाइस किन्न पर्ने हुँदैन जसले गर्दा सस्तो पर्न जाने हुन्छ । जस्तैमा १ छिटो गतिमा चल्ने CPU किन्न सस्तोपर्ने हुन्छ जहाँ धेरै ढिलो चल्ने कम्प्युटर किन्न भन्दा । त्यहीमाथी सफ्टवेरहरूको खर्च त बेग्लै छ ।

यसमा पनि दुइ प्रकारको प्रविधि पाइन्छ (software र hardware) । सफ्टवेरको प्रयोग गर्दा चाहिने डिभाइसमा monitor प्रत्यक युजरकोलागी र उक्त monitor हरु जोडनकोलगी CPU मा त्यतिनै सङ्ख्यामा Graphics Card को जरुरी हुन्छ । keyboard र mouse को लागि भने USB को प्रयोग गर्नु पर्ने हुन्छ र मुख्य चाँही multi-pc अथवा multi-terminals सफ्टवेर हुन्छ । मात्र डिभाइसको प्रयोगले मात्र हुदैन ।   यस्को फाईदाको कुरा माथि उल्लेख गरे झै हुने साथै एउटा अर्को फाईदा के हुन्छ भने यदी single user license भएको सफ्टवेर हुँदा एउटा कम्प्युटरमा मात्र चलाऊन पाइने हुन्थ्यो भने यसो गर्नाले धेरै प्रयोगकर्ताले एकै समयमा धेरै प्रयोगकर्ताले प्रयोग गर्न पाउने हुन्छन । अब यसको बेफाईदाको को कुर गरौ । पहिलो कुरा त भन्नेबेलामा सफ्टवेर र त्यस्को बिग्रेमा मर्मत गरिदिने कम्पनी को कुर आउछ । नेपालमा यस्तो सफ्टवेर नपाईने त होइन तर यसमा समस्या आयमा हेरिदिने कम्पनी भने पाईदैन  र अर्को भनेको डिभाइस जहाँ ५ प्रयोगकर्ता को लागि यो प्रबिधी जोड्न परेमा कमसे कम ४ PCI slots भएको मदरबोर्ड किन्न पर्‍यो एक त त्यो पाउन गर्हो छ भने अर्को PCI slot मा लाग्ने garphics card पाउन निकै नै गर्हो हुन्छ ।

अब कुर गरौं hardware multi-station अथवा multi-terminal को ।  सफ्टवेर प्राबिधिको तुलनामा महँगो प्रबिधी मानिन्छ hardware प्रबिधिलाई । यसमा भने नेट्वर्क को प्रयोग गरेर धेरै प्रयोगकर्ताहरुलाई चलाउने बातावरण मिलाइएको हुन्छ । यस प्रबिधिमा पनि त्यसै गरी एउटै CPU बाट धेरै युजरलाई terminal उपलब्ध गराउनुनै हो । यसमा चाँही client pc-station र server pc-station भन्ने डिभाइसको प्रयोग भएको हुन्छ ।   जसलाई धेरै टाढा टाढा पनि लगेर जोड्न मिल्ने हुन्छ । यहाँ पनि सफ्टवेर प्रबिधी र हार्डवेर प्रबिधिमा फरक पर्ने हुन्छ सफ्टवेर प्रबिधिमा CPU र Terminal (प्रयोगकर्ता)को बिचको दुरी १० मिटर भन्दा धेरै राख्न नमिल्ने हुन्छ भने हार्डवेर प्रबिधिमा धेरै टाढा टाढा सम्मा(साधारण नेट्वर्क गर्दा जती दुरिमा राख्न सकिन्छ) पनि terminal (प्रयोगकर्ता)रहन सक्ने हुन्छन । नेपालमा यो प्रबिधी केही समय पहिलेको CAN Info Tech मा देखिएको भयता पनि पछील्लादिनहरुमा भने देख्न पाइएको छैन । यदी चहिएमा बहिर बाट मगाउनुपर्ने हुन्छ जुन झन्झटीलो देखिन्छ । तर सफ्टवेर प्रबिधीको तुलनामा धेरैनै उपयोग गर्न लायकको देखिन्छ यो प्रबिधी।

 सबै फाईदा बेफाईदा को कुरा पछी अब कुरा गरौ हाम्रो जस्तो देशमा यो प्रविधिको कत्तिको महत्व छ त ? पहिलो कुरा हामी धेरै जसो assemble कम्प्युटर प्रयोग गर्छौ । दोस्रो भनेको हामीले उपयोग गर्ने सफ्टवेरहरु सबै pirated  हुन्छन जसले गर्दा कम्प्युटर किन्दा मात्र हार्डवेरको पैसा तिर्न पर्ने हुन्छ त्यसमा पनि assemble भएको ले बजेट अनुसारको खरिदगर्न सकिन्छ । भन्नुको मतलब software कुरा गर्दा त जति कम्प्युटर किने पनि उत्तिनै पर्न अाउने हुन्छ । जसले यतिकै पनि हाम्रो कम्प्युटर सस्तो पर्न अाउने हुन्छ । यो (multi-pc, multi-terminal, multi-station) प्रविधिको तुलनामा हरेक प्रयोगकर्ताको लागि एउटा एउटा कम्प्युटर जुन अहिले प्रयोग गर्दै आएकाछौ, त्यहिनै उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई ।


तपाईंलाई यस सम्बन्धी आन्य जानकारीको लागि तल दिएको ठेगानामा क्लिक गर्नुहोस ।
 

7 comments:

  1. नमस्ते कृष्णजी तपाइको यो जानकारी पढन पाउदा धेरैनै खुसीलाग्यो । अबका दिनहरूमा पनि यस्तै लेख पढ्न पाइनेछ भन्ने अाशा छ । धन्यवाद ।

    ReplyDelete
  2. The article is really exciting and knowledgable. It will really help those organizations who lacks budget of purchasing individual PC for their IT solution. Its a fantastic piece of IT materials. Thanks for the information. Its great.....

    ReplyDelete
  3. I am planning to buy the multy station device (thin client) from where I can get it? Pls provide me information.

    ReplyDelete
  4. BeTwin, Aster XP, Freindly Seats, and more on the net.

    ReplyDelete
  5. How can I run C, C++ in Multi PC Software

    ReplyDelete