Pages

Ads 468x60px

Thursday, January 29, 2009

google ईन्टरनेट दुनियाँको हिरो जसको यो नयाँ सिनेमा


google जसलाइ इनटरनेटको हिरो कम्पनी मानिन्छ यसको नयाँ करामत अब Eamil अफ-लाइनमा पनि पढ्न पाइने सुविधाको विकास। Gmail को Eamil अफ-लाइनमा पनि पढ्न मिल्ने कुरा ईन्टरनेटको चर्चामा रहेको पाइन्छ । अब तपाईं ले सोच्नु हुदोहो "यो कुन नयाँ कुरा हो?" तर नयाँ कुरा नै हो किन भने याहाँ ईमेल सफ्टवेर बाट pop को प्रयोग गरेर अफ-लाइनमा eamil चेक गर्ने कुरा गरेको होइन । यहाँ त तपाईं ले अनलाईनमा जसरी browser बाट ईमेल चेक गरिरहनुभएको छ त्यसरिनै चेक गर्न मिल्ने कुरा गरेको हो ।

अब सबै कुरा गर्नु भन्दा पहिले google को gears भन्ने प्रबिधी को कुर गरौ । हुनत तपाईंहरु मध्य धेरैजान यसको बारेमा राम्रो सँग जानकार हुनुहुन्छ । यदी हुनुहुन्न भने यो पढ्नुहोस् ।
About Gears
Gears is a plug-in that extends your browser to create a richer platform for web applications. For example, webmasters can use Gears on their websites to let users access information offline or provide you with content based on your geographical location. To install Gears, visit http://gears.google.com.
भने पछी अब धेरै जसो वेबसाईटले यसको प्रयोग गरेको पाईनेछ । यो प्रबिधी मे २००७ तिर बाट नै शुरु भएको हो । हुन त पहिले देखिनै internet explorer मा Favorites प्रयोग गर्दा यस्तो गर्न पाइने ब्यवस्था छ । तर त्यो भनेको साधारण वेबसाईटहरुका लागि मात्र हुन। अब तपाईंलाई यस्को अर्थात google gears को प्रयोगले news, eamil साथै feeds हरूपनि offline मा पढ्न पाइन्छ । यसको बारेमा विशेष जानकारीको लागी यहाँ क्लिक गर्नुहोस्
मैले चर्चा गर्न खोजेको चाँही जिमेल को बारेमा हो अब जिमेल भित्र रहेको ईमेललाई outlook express अथवा त्यस्ता सफ्टवेरको प्रयोगनै नगरिकन अफ लाइन मा हेर्ने प्रबिधी छिट्टै नै भेटिने छ । र यो सम्भव भएको पनि यही google gears प्रबिधिले नै हो । हाललाई केही मुलुक बाट मात्र प्रयोग गर्न सकिने भएता पनि केही समय भित्रनै विश्व भरी यसको सुविधा उपलब्ध हुन लेखिएको पाइन्छ । भन्नाले केही समयको पर्खाइ मात्रले नेपाली जिमेल प्रयोगकर्ताले पनि यस्को प्रयोगको मौका धेरै टाढा छैन । अव यो कतिको मन पर्छ प्रयोगकर्तालाइ त्यो चै अबश्य ठुलो कुरा हुनेछ google को लागि ।
तपाईं गूगल गेअर्स प्रयोग गर्न चाहनु हुन्छ भने । पहिले यो वेबसाईटमा जानुहोस् http://gears.google.com/
- यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।
- अब तपाईंको वेब ब्राउजर लाई बन्द गरेर पुन: खोल्नुहोस् ।
- अब यि मध्य कुरै वेबसाईट खुल्नुहोस् त ।
Google Reader,Remember The Milk , MindMeinster, Passpack, Zoho Writer
अब त्याहा एउटा सुचना देखिने छ ।

त्यसमा क्लिक गर्न साथ तल देखाइय जसरी डाउनलोड भएर कम्प्युटरको क्यास मेमोरीमा बस्छ र ईन्टरनेट नभएको बेलामा यो वेबसाईट बाट सबै पढ्न मिल्ने हुन्छ भने जब ईन्टरनेट अन्लाईन हुनासाथ यो अपडेट हुन्छ ।

2 comments:

  1. सिनेमा राम्रो र जानकारी मुलक लाग्यो ।

    ReplyDelete