Pages

Ads 468x60px

Tuesday, January 13, 2009

अब फेरी नयाँ हार्ड डिस्क कम्प्युटरको दुनियाँमा

Solid State Hard Drives निकैनै चर्चामा रहेको हार्डड्राइभको नयाँ प्रबिधी। अहिले बाहिर तिर कम्प्युटर बिक्रेताहरुले यो प्रविधिलाइ निकैनै चर्चाको बिषय बनाएर आफ्नो कम्पनीको कम्प्युटर बिक्री गर्न मा ब्यस्त रहेको पाईन्छ । अब नयाँ प्रबिधी भन्ने बितिकै हरेक को एउटै सोच हुने भईनै हाल्छ । यो चलीआयको प्रबिधी Mechanical hard drive भन्दा के फरक छ ? यो प्रयोग गर्दाको फाईदा त्यस्तै बेफाईदा के के छन् ? आदी आदी..... यिनै कुराको बारेमा आज लेख्न मन लाग्यो । हुन त लोड-शेडिङको बिचमा कम्प्युटरमा के चलाऊने, के चलाउने लाईट गैहाल्छ भन्नाले गर्दा खासै काम गर्न नलागेको मनको अल्छि पोख्न लगेको मात्र हुन सक्ला। 
खासमा के हो त Solid State HardDrives (SSD) ? साधारण तरिकाले बुझ्न सकिन्छ Platter को प्रयोग नगरी जसरी पेन ड्राइभ बनेको छ त्यही प्राबिधिको प्रयोग गरी बनाइएको हार्डड्राइभ हो । प्राय SSD शब्द ले चिनिने यो हार्डड्राइभको प्रकार भर्खर मात्र बिकास भएको हो । उत्पादन को सुरुवातमै निकै चर्चा र बिक्री हुन सफल प्रबिधी को रुपमा हेरिन्छ यो प्रबिधिलाई । ठुला ठुला कम्पनीहरुले साधारण कम्प्युटरमा प्रयोग गरिने र्‍यामलाई सानो ब्याट्रीको मद्घत बाट डाटा लाई बाचाइ हार्डड्राइभ को रुपमा प्रयोग गरेको पाईन्छ । तर बजारमा पाइने SSD(जुन साधारण ग्राहकको लागि बनाइएको) हार्डड्राइभ भने Flash Memory (पेन ड्राइभ ,क्यामरा मा प्रयोग गरिएको मेमोरीको प्रकार) को प्रयोग बाट बनेको हार्डड्राइभ पाईन्छ । 
>>>  यसको फाईदा को कुरा गरौ। 
  • पहिलो फाईदा भनेको यस्मा चल्ने (Moving) वस्तु केही हुदैन जस्ले गर्दा आवाज आउने साथै एक ठाउँ बाट अर्को ठाउँमा लैजादा आउने समस्या बाट छुट्कारा मिल्छ । 
  •  यस्मा घुम्ने Platter, Actuator Arm, Motor आदी को प्रयोग न भई मात्र मेमोरीहरुको बाकस हुने भएको ले घुमेर खोज्न ढिलो हुने समस्या बाट छुट्कारा पाइन्छ । 
  • - SSD ले हाल भईरहेको हार्डड्राइभको तुल्नामा धेरैनै छिटो गतिमा काम गर्छ । 
  • - File Fragmentation (फाइल छरियर बस्ने समस्या) निकै कम गर्छ । 
>>>  यसको बेफाईदाको पनि कुरा गरौ ।
यस्को मुख्य बेफाईदा भनेको हरेक लेखिने ठाउँ को मात्र सिमित हुन्छ । भन्नु को मतलब कती पटक लेख्न मिल्ने भन्ने सिमिततानै हो । जुन हामीले प्रयोग गरी आएको पेन ड्राइभ मा पनि हुन्छ तर त्यो यती धेरै हुन्छ कि (जस्तै १०००० चोटि) त्यो समय आउनु पुर्व नै डिभाइस बिग्री सक्ने अथवा हराइसक्ने हुन्छ त्यो पनि नभय के भनिन्छ भने “कति समय प्रयोग गर्न पाइएको छ भन्ने नै मुख्य कुरा हुन्छ?” । जब यस्को मात्रा पुग्छ त्यसपछी उक्त ठाउँ मा पुणः लेख्न मिल्दैन । हुन त यस्को बिकासकर्ताहरुले यो समस्य को समाधान पनि निकल्न सकिने जनाएक छन । "जस्मा उक्त मेमोरी लाई परिवर्तन गरी पुन नयाँ मेमोरी हल्न मिल्ने । जस्ले गर्दा पुन उक्त डिभाइस लाई प्रयोग गर्न सकिन्छ । "

त्यस्तै आन्य बेफाईदा बुझ्न पुर्व साधारणतया Flash Drive दुई प्रबिधी बाट बनाइन्छ भन्ने जान्नु जरूरी हुन्छ । जुन या त MLC(Multi Level Cell) अथवा SLC (Single Level Cell) हुन्छ । MLC मा आधारित हार्डड्राइभ अली ढिलो लेख्न सक्ने हुन्छ त्यसैले Operating System हाल्न को लागि उपयुक्त मानिन्दैन तर डाटा पढ्न (रिड गर्न) भने छिटो हुन्छ अत: डाटा राख्नको लागि भने प्रयोग गर्न राम्रो मानिन्छ । तर SLC मा यो समस्या नभएता पनि यो महङ्गो प्रविधिको कारण MLC नै धेरै प्रयोग गरिन्छ । 
यसमा हार्ड डिस्कको क्षमता(GB) को भने कुरा न आउने हुन्छ । जसले गर्दा जति GB को लिए पनि पर्ने मुल्य एउटै हुन्छ । भन्नुको मतलव 80GB को हार्डडिस्क लिनु र 500GB को लिनुमा मुल्यको फरक चै नपर्ने बताइन्छ । 

अन्त्यमा भन्नु पर्दा यी सबै बुझेपछि भने यसको नेपाल भित्रिने समयको पर्खाइ रहेको छ । साथ साथै के पनि थप्न मनलाग्यो भने हार्ड डिस्कले पनि कमप्युटरमा धेरै नै ठुलो भुमिका खेल्ने हुदा बुझेर लिनु उपयुक्त हुन्छ । 

1 comments:

  1. रविन्द्रJanuary 13, 2009 at 3:32 AM

    जानकारीको लागि धन्यबाद कृष्णजी ।

    ReplyDelete