Pages

Ads 468x60px

Friday, January 23, 2009

अन्लाईन ब्याकअप सिस्टम आयो अब के गर्ने ?


Oneline Backup जस्लाई Remote Backup त्यस्तै Managed Backup service पनि भनिन्छ । हुन त बाहिरी मुलुकहरुमा धेरैनै पहिले देखि यस्को प्रयोग हुँदै आएको भयता पनि नेपालको IT company ले भर्खरमात्र बजारमा ल्याउन सुरु गरेको छ । यो प्रबिधी भनेको कम्प्युटर प्रयोगकर्ता को डाटालाई ईन्टरनेटको माध्यम बाट कुनै अन्य ठाँउको कम्प्युटरमा सन्चित गरेर राख्नु भन्ने नै बुझिन्छ । पढ्दैजादा यो प्रबिधिको बिकास ईन्टरनेट को जन्म सगै भएको भनेर लेखिएको पाइन्छ । हाल आएर त धेरै जसो वेबसाईट कसैले फ्रीमा भने कसैले केही पैसा तिराएर यो सुबिध उपलब्ध गराएको पाईन्छ । 
मलाई लेख्न मन लगेको कुर भने कहाँ र कसरी आफ्नो फाइल अथवा डाटालाई सुरक्षित साथ सँन्चित गराउन सकिन्छ त? आँफैले ब्याकअप नगरेर किन यस्तो प्रबिधी अपनाउने ? त्यस्तै, डाटा भनेको कम्प्युटरको एउटा यस्तो बस्तु हो जसलाइ जतिनै पैसा तिर्दा सम्म पुन जस्ताको त्यस्तै फरकाउन अथवा पाउँन गाह्रो पर्ने हुन्छ । यस्तो महत्वपूर्ण बस्तुलाइ अर्काको भरमा कसरी ढुक्क हुने ? यावत कुरानै मुख्य प्रसंगको रूपमा लेख्न मनलागेको मात्र हो । हुन त मेरो नेपाली लेखन त्यती राम्रो न हुदा न हुदै पनि व्लगको बिमारी (double B)जुन मेरो मात्र समस्या देखिन, त्यहिले लेख्न प्रेरित गरेको हो ।

समस्या कहाँ बाट सुरु हुन्छ भने तपाईं घरको कम्प्युटरको कुरा गर्नुहोस् अथवा अफिसको सर्भरको त्यो मेशिनहो बिग्रन सक्छ जस्ले गर्दा क्षति नहोस भन्नको लागि महत्वपूर्ण डाटाहरूलाइ बचाउन सोच्नै पर्ने हुन्छ । जसको समाधान कुनै तरीकाबाट हुन्छ भने त्यो भनेको अर्को प्रति अथवा copy गरेर राख्ने तर राख्न त राख्ने के मा राख्ने ? यस्को लागि तपाईं सँग पेन ड्राइभ CD-
Rom, DVD-Rom, Tape-Disk अथवा हार्डड्राइभ नै प्रयोग गर्न सकिन्छ तर यि पनि राखेको ठाउमा बिग्रने साथै चोरि हुने अथवा प्रकृतिक बिपती (अगो, भुकम्प आदी) आउँदा नष्ट हुने भएकोले कुनै आर्को ठाउमा लगेर स्टोर गर्नु पर्ने हुन्छ । जस्को लागि साधारण तरिका बाट एकप्रती जहाँ कम्प्युटर छ त्यही राख्ने र अर्को प्रती बनाएर कुनै अन्य सुरक्षित ठाउँमा(जस्लाई Online र offline backup भनिन्छ ) राख्ने । यसै क्रममा आन्य ठाउँको रूपमा ईन्टरनेट छानियो र अन्लाईन अथवा रिमोट ब्याकअप को प्रयोग भएको हो । तर यसो गर्नको लागि 
सिक्युरिटी (गोप्यताको विषयमा) मुख्य कुरा आउछ । कम्पनी भन्दा पनि त्यहा रहेका स्टाफ द्वारा अथवा अफिसको सुरक्षा प्रणाली नै यसको मुख्य द्वार बन्न सक्छ ।अब यो त भए डाटा चोरी हुन सक्ने सम्भावना तर विश्वास गरीयो रे !गर्दा गर्दै चोरी भएमा के गर्ने ? बाहिरी देशको अनुसार त त्याहाँ कानुनि प्रावधान छ । जस अनुसार क्षतिपुर्ती को व्यवस्ता होला जाहाँ कानुन नै छैन, त्याहाँ के हुन्छ ? चोरी नभए र त्यो कम्पनी चल्न नसकेर बन्द हुदा अथवा विक्रि भएर अन्य व्यवस्थापक को हातमा पर्दा डाटा के हुन्छ ? त्यस्तै डाटा राखिएको ठाँउ बाट नेपाल सरकारले विद्युत आपुर्तिको गड्बडिले सम्पूर्ण फाइल उडेर वेबसाईट नचलेको भने जसरी नै उडेमा के हुन्छ ? यो सबै बुझेरमात्र ईन्टरनेट मा डाटा राख्दा उप्युक्त हुने देखिन्छ ।
अब साधारण फाइल मात्र स्टोर गर्नको लागि भने गूगल खोलेर फ्री अन्लाईन ब्याकअप अथवा फ्री अन्लाईन डाटा स्टोर भनेर टाईप गरिएमा कती पाईन्छ कती ।
यो हेर्नुस त !!!!!!


2 comments:

  1. The main thing as you also have focused is not the availability of free online backup systems, but the right partner for your online backup systems.

    ReplyDelete
  2. I'm using mozy for my online backup and backupsmart for my website backup. what other backup software do you advice?

    ReplyDelete