Pages

Ads 468x60px

Saturday, December 27, 2008

नेपाली website को हालत सरकार भन्दा के कम !!


आज बिहान बिहानै mysansar.com लेखियको लेख पढे जहाँ केही वेबसाईटहरु ह्याक भयको बारेमा लेखिएको रहेछ । यो वेबसाईटहरु ईरानि सिक्युरिटी समुह ले गरेका रहेछन । हुनत  यसो पढ्दा यो ग्रुपले नेपाली वेबसाईट मात्र होइन अन्य सरकारी तथा गैर-सरकारी वेबसाईटहरुमा पनि दखल पुर्‍याएको देखिन्छ । ईरान यतिकै पनि ह्याकको बारेमा जानकारी लिने राम्रो थलोको रुपमा जानिन्छ। तपाईं यदी ह्याकरनै बन्न चाहानु हुन्छ भने ईरानि साईटहरु खोल्नुस् । तर बिचार गर्नुहोला तपाइको कम्प्युटर नै ह्याक नहोस नी ! अनि सिकेर अब नेपाली साईटहरु ह्याक गर्ने प्रयास चाँही नगर्नुहोल किन कि गरे पनि केही मतलब हुँदैन यहाँको वेबसाईटको डाटा त यतिकै पनि ह्याकनै नगरि पावर गएपनी उड्ने हुन्छ । हुन त mysansar.com लेखिएकै कमेन्ट जस्तै सरकार नै ह्याक भएको बेलामा वेबसाईटको पछी को लाग्ने ? तर एक चोटि अकाउन्ट पल्टाएर हेरौं न वेबसाईट बनाउन र त्यस्को मर्मत खर्च कती छ । कहाँ सम्म भने मैले सुनेको वेब सर्भर को पैसा तिरेर ईन्टरनेटको पनि पैसा तिरेर वेबसाईट चाँही ISP बाट होस्ट हुने सम्मको चक्कर भएको छ भन्छन । अब जती खर्च सरकारले वेबसाईट बनाउन र मर्मत गर्न खर्च गरेको छ त्यही यदी प्राइभेट अर्गनाइजेसन गरेको हुने भय सायद ५ ६ वटा वेबसाईट सेक्योर तरिक बाट चलाऊन सक्थ्यो होला । तर के गर्ने सरकार र सरकारी काम सँग बोलेर अथवा भनेर सकिदैन भोली आँफैले दुख पाईन्छ । 
तपाइँलाइ यो सेक्युरिटी ग्रुपको बारेमा जान्न मनलागे यहाँ हेर्नुहोस ।

http://ashiyane-members-help.blogspot.com
http://www.securityfocus.com




1 comments:

  1. त्यसो त संञ्जाल सेक्युरिटि जत्ती भए पनि ह्याकरहरु प्राय: एक कदम अगाडि नै हुन्छन । तैपनि यसमा हाम्रा आई टी प्रती उदाशिन सरकारी नीतिको पनि ठुलै हात होला ।

    ReplyDelete