Pages

Ads 468x60px

Sunday, November 9, 2008

महिलालाइ पतिभन्दा कम्प्युटर प्यारो !!!

मैले आजा एउटा लेख पढ़े हुनत मैले प्रकाशित भएको धेरै दिन पछि( प्रकाशन मिति 21-oct-2008) पढ़ेछू तर पढेर चाही गजब भने लाग्यो  . न लागोस पनि कसरी म त साधारण परिवार को नेपाली को छोरो जहाँ ऑफिस मा कम गर्ने महिला हरु निकै कम छन त्यसमा पनि कंप्यूटर संग सम्बंधित कम गर्ने त बत्ती बालेर खोज्नु पर्छ । बैंकहरुमा जसै तसै भेटिन्छ तर साधारण काम गर्ने मात्र हो र केहि औंलामा गन्न मिल्ने गरी सॉफ्टवेर उत्पादन कंपनीहरु मा । अब सरकारी कार्यलयमा त कुरै नगरौ त्यसको लागी तपाइँले पुलचोक स्थित खानेपानी को बिल तिरना जानु भयो भने १० नंबर कोठा मा गएर हेर्नुस के हालछ नभए यसो सरकारी बैंकको कंप्यूटर ओपेरटर लाई हेर्न सक्नुहुन्छ । हुन त हाम्रा  दीदी आमाहरु घरमा खाना पकाउन रुचाउनु हुन्छ ऑफिस जाना भन्दा त्यसैले त ऑफिस मा भय पनि घरको कुरा गर्छन बिहाना खाना मा नून बढ़ी थियो की पिरो भनेर, महाभारत आथवा श्री कृष्ण आयो भने एक्चोटी भने पनि प्रणाम गर्छन, काम छोडेर पनि ब्रत बस्छन(केही अपवाद लाई छोडेर) . नेपाल जस्तो राष्ट्र जहा पुरुष ले नै दिनमा कतिनै बेर  कंप्यूटरमा काम गर्छन र? जहा महिलाले कंप्यूटरमा काम गरे पनि काम को लगी मात्र गर्छन त्यस्तो देशमा यो पढेर सोच्न त बाध्य हुनै पर्छ नि हैन ? हुनत मैले हाम्रो देशको महिलहरू कम्प्युटर क्षेत्रमा पछाडि हुनुहुन्छ भन्न खोजेको चाहीहोइन मेरो भनाइ यतीमात्रहो कि अझ विकासको भने जरूरी छ ।

अब आमेरिकामा गरिएको एउटा सर्वेक्षण अनुसार अमेरिकी महिलाहरु आफ्नो पति अथवा पुरुष मित्र हरु संग समय बिताउनु भन्दा बढ़ी कंप्यूटर मा बसेरा काम गर्न बढ़ी रुचाउछ्न . अमेरिकन महिलाहरु जो काम गर्छन उनिहरुको समय पति संग बस्ने समय भन्दा तिन गुना बढ़ी कंप्यूटर को स्क्रीन अगड़ी बसेर बित्छ रे. यो सर्बेक्षणम ३००० महिलाहरु संग प्रश्न सोधिएको थियो. यस सर्वेको परिणाम अनुसार महिला हरु लगभग ९.३ घंटा कंप्यूटर को अगड़ी बिताउछ्न. जबकि ३.६ घंटा मात्र परिवारसंग बिताउछन ।
हरेक ५ जाना महिला मध्य ४ जाना महिला आफ्नो पति भन्दा बढ़ी कंप्यूटर संग समय काटना रुचाउछन . यो मात्र होइना हरेक ३ महिला मध्य २ जो शोपिंग  गर्न जानु भन्दा  , हरेक १० महिला मध्य ८ महिला कसरत गर्न जनु भन्दा र १० मध्य ४ महिला आफ्नो परिवारसंग भन्दा कंप्यूटर मा काम गर्न अत्यधिक रूचि रखछ्न . अब पढेर भन्नुस हाम्रा नेपाली महिला यस्तो कहिले हुन्छन होला ।

यो सर्वे को लागि यसमा किल्क गर्नुहोस  


1 comments:

  1. It is life in western world. You can't do anythign woithout computer taht is why. We haven't got to that stage. Braodbands are not that affordable as well. So it takes time.

    ReplyDelete