Pages

Ads 468x60px

Thursday, November 6, 2008

अब नांगो कम्प्युटर नेपालमा

naked computer
के तपाइले नांगो कंप्यूटर को बारेमा सुन्नु भएको छ ? नसुन्नुभाएको भएको भए म भानिदिन्छू सुन्नुहोस ।
यो त तपैलाई थाहानै होला कुनैपनि कंप्यूटर चलाउनको लागी ऑपरेटिंग सिस्टम को आबश्यकता पर्छ सधारणतया कुनै ब्रान्डेट कंप्यूटर किन्दा ऑपरेटिंग सिस्टम पाहिले देखिने इंस्टल भएर आऊछ तपाँइले त्यसको छुट्टै पैसा तिरन त पर्दैन तर पैसा त्यस कंप्यूटर को पैसा संगै जोड़ी सकेको हुन्छ र प्रायजसो माइक्रोसॉफ्ट विन्डोज़ नै हुन्छ तर यदि तपाँइ कंप्यूटर सम्बन्धी जानकारी भएको मान्छे हुनुहुन्छ भने छुट्टै ऑपरेटिंग सिस्टम किनेर त्यसमा इंस्टल पनि गर्न सक्नुहुन्छ आथवा अहिले सुनीरहनु भएको न्यूज़ बाट पायरेटेड ऑपरेटिंग सिस्टम न राखन मन भए फ्री मा पाइने ऑपरेटिंग सिस्टम इंस्टल गरेर पनि चलाउन सक्नुहुछ जस्तैमा भन्नु पर्दा Free BSD Linux. यस्तो बेलामा तपाँइले ऑपरेटिंग सिस्टम नभएको कंप्यूटर किन्न सक्नुहुन्छ यसरी बिना ऑपरेटिंग सिस्टम को कंप्यूटरलाइ नै नांगो कंप्यूटर भानिन्छ ।

नांगो कंप्यूटरको कुरा चाँही माइक्रोसोफ्टद्वारानै प्रचार प्रसार गरिएको हो । यो शब्द पनि माइक्रोसॉफ्टको नै देनहो । माइक्रोसॉफ्टले के भन्छ भने कंप्यूटर खरीदकर्ता ले नांगो कंप्यूटर (ऑपरेटिंग सिस्टम नभएको कंप्यूटर) किन्छन अनि तेसमा पायरेटेड ऑपरेटिंग सिस्टम प्रयोग गरेर चलाउछन जुन चाँही कानून को बिपरीत हो । माइक्रोसॉफ्टलाइ यो पनि डर छ की कंप्यूटर प्रयोग कर्ताले नांगो कंप्यूटर किनेर फ्री मा पाइने Linux हरु चलाएर माइक्रोसॉफ्टको सॉफ्टवेर बिक्रीमा आसार पुर्याउछ कि । यसैले कती देशहरुमा माइक्रोसॉफ्टले यस्तो नांगो कंप्यूटर बिक्री नगर्न दबाब दिइरहेको समाचारहरुमा पढन पाईन्छ र कतिठाउँ मा यसको बिरोध भएको पनी पाइन्छ ।


नेपालमा पनी अहिले का दिनहरुमा पायरेटेड सॉफ्टवेर प्रयोग गर्नाले कंप्यूटर को स्क्रीन कालो हुने ऑपरेटिंग सिस्टम नचलने हुनाले किनेर मात्र चलाउनु होला भन्ने खबरहरु आएको पाइन्छ । हुनत यतिकै पनी नेपालमा Assemble कंप्यूटरहरु प्रसस्ता मात्र चल्ने गर्छ र ब्रांडेट कंप्यूटर किने पनी प्रयोग करता लाइ यसको बारेमा जानकारी नहुदा नांगो कंप्यूटर मा पायरेटेड सॉफ्टवेर हालेर ऑपरेटिंग सिस्टम को पनी पैसा जोडेर बेच्ने गरेको धेरै मात्रामा देखन पाइन्छ तर यो यदि भने झैं नियन्त्रण गर्न सकिएछ भने यस्तो नांगो कंप्यूटर को महत्व र फ्री मा पाइने ऑपरेटिंग सिस्टमको भविष्य नेपाल जस्तो विकासउन्मुख देशमा निकै नै राम्रो देखिंछ .
र साथै यो नांगो कंप्यूटर सब्दको प्रयोगले साधारण मान्छेमा भ्रम पर्ने भएको ले यस्तो भ्रामक सब्दहरुको प्रयोग नगरी साधारण मान्छे ले बुझने शब्दा जस्तै - ऑपरेटिंग सिस्टम नभयको कंप्यूटर (Clean PC) को प्रयोग गर्न पनी विशेषज्ञहरुले सुझाब दिएको कति न्यूज़ वेबसाइटहरु मा पढन पाइन्छ ।

1 comments: