Pages

Ads 468x60px

Sunday, November 2, 2008

कम्प्युटरमा A+ को अर्थ र मेरो तिहार

तिहार त रमाइलो रह्योहोला तपाइको मेरो पनि रमाइलो भो । बर्षदिनको चाड रमाइलो त हुनै परयो नी होइन र ? तर मेरो यो तिहार विषेश रह्यो । किन कि मेरो घरमा मेरो Interview हुने भयो यसै पनि मेरो पढाइको बारेमा मेरो साथिभाइ देखि लिएर घरका कसैले पनि बुझेका छन् भनेर भन्न सक्दिन अब त्यस्तोमा मेरो घरका मान्छेले मेरो अफ्नतले सोध्नु नयाँ होइन । अब मैले मेरो बारेमा भन्न सुरू गरे यसमा “मेरो बारे” मा जसरी लेखेको छु त्यसै गरी मेलै बताउदै गए मलाइ थाहा थियो बुझ्नत बुझ्नुभएको छैन तैपनि भन्न त परि हाल्यो । यसैमा मेरो मामा उहाँ चाही नेपाल अार्मीको प्राविधिक तिर राम्रै पोष्टमा हुनुहुन्छ । उहाँले सोध्नु भो यो MscIT भनेको चाहि के हो ? मैले सजिलै बुझाए । तपाइले सोच्नु भयो हो बास्तवमा MscIT किन कुर निस्क्यो भनेर म अहिले पढदै छु । अनि अब MCSE को कुरा निस्क्यो त्यसमा मैले कम्प्युटरको अगाडी लेखिने Microsoft सम्झाउदै यसको बारेमा गाह्रो सारो बुझाउन सफल भए । तर जब A+ कुरा अायो अव तपाइ पनि सोच्न सुरूगर्नु भयो होला यो चाही कसरी बुझायोहोला भनेर हैन ? हुन त म पेशाले शिक्षक बुझाउनु मेरो काम यतिकैपनि मैले ८ १० वर्ष यसमै वितइ सके केहि नहुदा पनि १००० को हारा हारीमा मेरा विद्यार्थीमित्र ले मबाट बुझेहोलान तर मेरो घरका र अफ्नतलाइ बुझाउन गाह्रो परिरहेको थियो । त्यतिकैमा मामाले भन्नुभयो A+ भन्दा माथि A++ हुन्छ हो ? अब म उत्तर दिन सक्छम भइन र मैले भने यो कम्प्युटर सम्वन्धि पढाइहो यसको नेपालमा खासैमहत्व छैन र बाहिरको लागि बाहिरबाट नै पढाइने विषय हो भनेर टुङयाइ दिए । तर मलाइ खल्लो चाहि लाग्यो यसमा । अाफ्नो शिक्षाको बारेमा कसैलाइ बुझाउन नसक्नु कति नरमाइलो लाग्दो रहेछ । अहिले त केहि हद सम्म दुख पनि लागि रहेको छ के पढे ? किन पढे ? जस्तो लागि रहेको छ । तपाइलाइ एउटा कुरा भनु मेरा सँगैका साथिहरू मेरो घर गाउँको लागि काहाँ काहाँ पुगि सके रे म चाही उहि कम्प्युटरमै बसिरहेको छु रे किन ? किन कि उनिहरूले गरेको कामको बरेमा गाउँको मान्छे ले बुझ्छन । मेरा साथिहरू प्राय media तिर काम गर्छन उनिहरूको फोटो नभएपनि नाम सम्म रेडियो टि. भि मा अाउछ । कि त कोही लेकसेवा पास गरि खरदार सुब्बा छन् । म त के रहे र उहि कम्प्युटरको मास्टर हा हा हा ...............
अब भन्नुहोला अाफै बुझाउन नसक्ने अनि अाफै दुखेसो पोखने । मेरो त के दुखेसो रहयो र तर इच्छा चै के अायो भने सायद मैले पढेको कुरा सवैले बुझ्नेखालको भए कुरै वेग्लै हुन्थ्यो होला भन्ने मात्र हो ।

अनि तपाइनै भन्नुस तपाइले A+ के बुझ्नु भएको छ त?

0 comments:

Post a Comment