Pages

Ads 468x60px

Tuesday, November 11, 2008

म सामाजिक बन्न चाहन्न यो ईन्टरनेट समाजमा


केही समय मलाई स्पाम ईमेल ले राम्रै सँग दु:ख दियो। काम लग्ने तेही २ ३ वटा भन्दा धेरै ईमेल हुँदैन थियो धेरै चाँही भियग्रा अथवा त्यो गिफ्ट नभयए कोही मरेको र त्यसको सम्पत्ति को हक्दार बन्नको लागि ईमेल । हुँदा हुँदा माईक्रोसफ्ट ले ईमेलहरु लिएर चिट्ठा गर्‍यो अनी तपाईंलाई लाखौं लाख परेको ईमेल बहेक केही भेटिन। यसै बिचमा ईमेल स्पाम को दुनियाँमा नयाँ टेक्नोलोजी आयो जस्ले त्यस्तो ईमेल लाई छान्न सक्ने भयो याहू तथा हटमेल त्यस्तै ईमेल कलैन्त सफ्टवेर अाउटलुक, माईक्रोसफ्ट अाउटलुक आदिले स्पाम फिल्टर गर्न सक्ने भयो। अब कामलाग्ने ईमेल भन्दा स्पाम को मात्र काम हुनाले ईमेल केही सफ देखियो ।

अब यसै बिचमा ईन्टरनेट को प्रयोगकर्ता धेरै सामाजिक हुन थाले ईन्टरनेट मा पनि मनब जतिले पायको सामाजिक प्राणी को सर्टिफिकेटको प्रयोग गर्ने भय  र त्यस्तो सामाजिक सेवा गर्ने सर्भरहरु पनि नयाँ नयाँ खुल्न थाले । अब त्यतिकै पनि मान्छे समाजमा मिलेर बस्न रुचाउने भयकोले नै फिल्महल तथा क्यासिनो अनी रेस्तुरेन्ट नाचघर आदी मा भिडभाड का साथ मिलेर जान्छन् । यसको राम्रो सदुपयोग गरे ईन्टरनेट प्रोग्रामरहरुले र त्यसलाई साथदिय ठुल ठुल कम्पनिहरुले । अब आयो फेसबुक, हाइ फाईब, लिन्कइन, ओर्कुत् जस्ता सामाजिक वेबसाईट। अब त्याह पनि भिड सुरु भयो ।
अब तपाईं यि मध्य कुनै मा प्रोफाइल बनाउनु हुन्छ जहाँ फेरी त्यही साथीहरुको फेसबुक मा हुन्छ त्याह पनि बनाउनुपरी हाल्यो फसबुकमा बनयो अरु साथीहरु हाइ फाइभ मा छन त्याह पनि बनाउनु पर्‍यो त्यसतइ कती ओर्कुत मा भने कोही लिन्कइनमा अनी मेलस्पेस त्यस्तै फ्रेन्डस्टरले के गरेको छ नि त्यसमा भएको साथी चाँही साथी होइन त्यहा पनि त बनाउनै पर्‍यो नि हैन ? ल त्यस्मा पनि बनाइदिउ । जती धेरैमा बन्यो त्यती सामाजिक प्राणी हुने भाईयो समाजमा भाईचार बाढ्ने भो । 
तर अब यो सामाजिक कार्य नै समस्या हुनथालिराखेको छ। अब जती धेरै सामाजिक भयो त्यती समस्या धेरै त हुने भाईहाल्यो। यस्तो वेबसाईट को सङ्ख्या दिनानुदिन बढ्दै गाइरहेको छ सेन्चुरी त कहिले पुगिस्क्यो । अझ नयाँ नयाँ त कती हो कती अब त्यसमध्य कोही न कोही साथी त्यसमा जोडीनुभयकै हुन्छ अनी उहाले पक्कैपनी तपाईंलाई छोड्न नसक्ने  हुन्छ आनी आउछ यस्तो ईमेल 
Dear Krishna, 
I'd like to add you to my travel network on WAYN 
तपाइको प्यारो मित्र (नाम हटाइयको छ) 
Here is the link: 
---link is deleted-------------------------------------------------------------------------------What is WAYN? 
WAYN (Where Are You Now?) is the global meeting place.
• Meet people from different places
• Share your traveling experiences
• Make a difference on global issue
या फेरी यस्तो इमेल –
Check out my Facebook profile
I set up a Facebook profile where I can post my pictures, videos and events and I want to add you as a friend so you can see it. First, you need to join Facebook! Once you join, you can also create your own profile. 
Thanks, 
तपाइको प्यारो मित्र (नाम हटाइयको छ) 

अथवा यस्तो
तपाइको प्यारो मित्र (नाम हटाइयको छ) 
would like to be your friend on hi5!
I set up a hi5 profile and I want to add you as a friend so we can share pictures and start building our network. First you need to join hi5! Once you join, you will have a chance to create a profile, share pictures, and find friends. 
Thanks, 
तपाइको प्यारो मित्र


अब यो पनि हेरी हल्नुहोस 
Hi, 
तपाइको प्यारो मित्र ले sent you a friend request from www.Paisawaisa.com. 
To accept/reject this request click on the below link: 
link is deleted----------------- 
To check the sender's profile click on the below link: 
link is deleted----------------- 
If you are not a member of Paisawaisa and would like to join it, click on the below link 

अब धेरै दिक्क लाग्दो कुर चाँही के भने नि यस्तो सामाजिक वेबसाईट हरेकदिन नयाँ नयाँ बन्दै छ अनी अब यसबाट आउने ईमेल स्पाम पनि होइन किन किन कि मित्र को मार्फत पठाउने हुन्छ अब यसलाई स्पाम भने मित्र को ईमेल पनि स्पाम नै भन्नु पर्‍यो त्यस्ले यस्तो लाई रोक्न पनि गार्हो छ । अब मैले यि सबै सामाजिक वेबसाईट को ईमेल लाई हेर्दै प्रोफाइल बनाउदै गय भने मेरो जिन्दगी त यस्तैमा बित्ला(प्रोफाइल बनाउने अनी मित्रहरु को प्रोफाइल हेर्ने) हैन । अब तपाईं यस्तो सामाजिक(सोसिअल) वेबसाईट को लिस्ट हेर्नु हुन्छ भने तल हेर्नुहोस । अब भन्नुस् के सामाजिक प्रणी हुनु राम्रो होइन त हो नि तर यस्तो कि आफ्नो जिन्दगीनै समाज को नाम गरिदिनु झन नराम्रो त पक्कै होइन तर मैले त राम्रो सामाजिक प्राणी हुने हिम्मत गर्न सकिन बा। तेसैले जो साथी ले मेरो यो ब्लग पढ्नु हुन्छ कृपया मलाई चाँही त्यहा न जोडीदिनुभए अाभारी हुन्थ्य धन्यवाद  !!!
नभए मैले यहि भन्नु 

अब तपाईं पनि त्यस्तो चाहनु हुन्छ कि  ?
अब तपाईं त किन नै चाहनु हुन्थ्यो र तपाईं म जस्तो असामाजिक र मित्र प्रेम नभएको  पर्नु भएन नी हैन ?
याहाँ हर्नुहोस सामाजिक वेवसाइट ।।।

 WIKI 

0 comments:

Post a Comment