Pages

Ads 468x60px

Tuesday, November 4, 2008

A+ सर्टिफिकेशन के हो ?

a+ certification
A+ सर्टिफिकेशन एउटा कम्पनी तटस्थ( कुनै कम्पनी विशेष नभएको) सर्टिफिकेशन हो जसले कंप्यूटर क्षेत्रमा योग्य मर्मतकर्ता लाइ प्रमाणित गर्ने गर्छ । यो सर्टिफिकेशन जो कसैले पनी लीन चाहेमा लीना सक्ने हुन्छ र यो बिश्वोब्यापी मान्यता प्राप्त हुने हुदा बिश्वको कुनैपनी ठाँउमा गएर आफुलाई परिचित गराउने मध्यम हुन्छ। यो बिश्वोको लगभग ठुलै सर्टिफिकेशनको रुपमा गनिने गरिन्छा। यसको बिकास तथा सञ्चालन चाँही Computing Technology Industry Association(CompTIA) ले गर्दै आएको छ । यो एउटा IT क्षेत्रमा काम गर्ने कम्पनीहरू को यस्तो बिश्वो संगठन जाँहा सामन्यतय सबैलाई मिलने किसिमको IT क्षेत्रका ज्ञाताको खोज गर्नु देखिंछा। यसको सदस्य कम्पनीहरू हेर्ने हो भने बिश्वोको ठुला ठुला IT कंपनी जस्तैमा Microsoft, IBM, Lotus, Dell, Compaq, रहेका छन। CompTIA लाइ के भन्ने गरिन्छ भने "CompTIA एक विश्व व्यापार संघ जसले सूचना प्रबिधि उद्योग को ब्यापारिक हित को प्रतिनिधित्व गर्ने संस्था हो"
किन A+ सबैभन्दा अधिक लोकप्रिय मानिन्छ र व्यापक रूपमा कंप्यूटर मरम्मत तथा संभारको लागि प्रमाणित गर्ने संस्था बाट चिनिन्छ ?
a+ certification
A+ आईटी उध्योगमा सबैभन्दा लोकप्रिय प्रमाणपत्र को रुपमालिइन्छ र यो CompTIA अन्य सर्टिफिकेशनहरू मध्यपनि सबै भन्दा शीर्ष सर्टिफिकेशन मनिन्छ । A+ लाइ खासमा विशेषत बलियो र फरक बनाउनमा भने ठुला कम्पनिहरूनै देखिन्छ, जसले धेरै मजबूत समर्थन गरेको देखिन्छ । यसबाट प्रमाणित जनशक्तिलाइ यी कम्पनीहरूले पूर्णरूपमा समर्थन गर्ने हुँदा यसबाट प्रमाणित भए पछि सम्बध कम्पनीमा कामगर्न सजिलो हुनेर कम्पनीलेपनि त्यस्तै जनसक्तिको खोजिगर्ने भएकोले नै यो सर्टिफिकेशनलाइ फरक हिसाबले मान्ने गरेको पाइन्छ ।
A+ मात्र एउटा यस्तो सर्टिफिकेशन देखिन्छ जसले कम्प्युटर उच्च स्तरको प्राविधिक(Technician) बनाउनेकार्य गर्छ साथै यसमा मात्र कम्प्युटर बनाउनमात्र नभइ वातावरणीय तथा अन्य कुराहरूलाइ पनि जानकारी गराउने हुन्छ साथै भनिन्छ नि बिग्रेको बनाउनमात्र होइन सहितरीका बाट बनाउनु ठुलो मानिन्छ अझ कम्प्युटरमा त झन यसले निकै ठुलो भुमिका खेलेको हुन्छ जस्तैमा कसैको कम्प्युटर बिग्रिएको छ तर बनाउने मान्छेले नजान्नाले गर्दा उसमा रहेको डाटा बिग्रन गयमा कसले कसलाइ दोष दिन कम्प्युटर त बन्यो तर के भयो भन्दा डाटा चाहि बिग्रियो । त्यसैले A+ लाइ यति धेरै मान्नमा यो पनि निकैनै महत्वपुर्ण देखिन्छ । यसलाइत के भनिन्छ भने “तपाइलाइ जसरी मोटरसाइकल हाक्नको लागी लाइसेन्स दिइएको हुन्छ त्यसरीनै कम्प्युटर बनाउनको लागि दिइने लाइसेन्स हो A+”
अबकुरा गरौ कस्तो ज्ञान भएको व्यक्तिले A+ पढन सक्छ त? साथै कसरी प्राप्त गर्न सकिन्छ त यो प्रमाणपत्र ?


तपाइ कम्प्युटर चलाउनु हुन्छ र कम्प्युटर मर्मत सम्वन्धि चासो छ भने पढन सक्नुहुन्छ यसकोलागी विश्वब्यपीरूपमा पढाउने संस्था पाइन्छ । यसलाइ पास गर्नको लागी भने तपाइले ऑनलाइन परिक्षा दिनु पर्ने हुन्छ जुन एउटा मान्यता प्राप्त संस्था जसलाइ (Testing Center) भनिन्छ । त्यहा गएर सजिलै दिन सकिन्छ यो अलिकति महङगो अाबश्य महशुस हुन्छ तर यसको फाइदाको अगाडि केहिकम मान्न सकिन्छ ।
यसको विशेष जानकारीको लागि तपाइलाइ यो वेवसाइट मद्दत गर्छ ।
CompTIA

0 comments:

Post a Comment