Pages

Ads 468x60px

Tuesday, October 21, 2008

नयाँ नेपालको सुचना प्रविधी गाइजात्रा ।

नेपलको सरकार बाट सञ्चालीत WebSite दुइ तिन दिन देखि सञ्चालनमा छैन । हुनत कतिनै महत्वपूर्ण सामग्रिनै हुन्छ र भए पनि कुनै Internet Service Provider द्वारा सञ्चालित हुदा ठिकै हुन्थ्यो तर सरकारी Website नै ? अझ रमाइलो कुरा त के भने किन website नचलेको भन्ने प्रश्नको उत्तर सुन्दा त सायदै कम्प्युटर क्षेत्रमा कमगर्ने मान्छे ले पत्याउछन । दशैको विदाका दिनहरूमा कर्मचारी नभएको अवस्थामा विद्युत अापुर्ति बन्द भएको र Backup को विद्युत अापुर्ति बन्द भएको ले server भएको सम्पुर्ण समग्रि file हरू delete भएको भनियो । अब कति सम्म पत्याउने कुरा हो ? प्रविधिले कति ठुलो फडको मारी सक्यो तर हाम्रो नयाँ नेपालमा भने server कम्प्युटर किनेर Word, Excel चलाएर बसिरखेको छ । कम्प्युटर सिस्टमको कुरा गर्नेहो भने मैले देखेको जति पनि सरकारी कार्यालय छ सबै जसोमा अहिलेको अाधुनीक कम्प्युटर साथै अन्य devices पनि अत्याधुनिक छ तर पनि यसको सञ्चालन हेर्नेहो भने अज भन्दा २० वर्ष भन्दा पुरानो छ । नयाँ नेपाल यतीकै नयाँ नहोला संसारको विकसीत मुलुकहरू बाट सजिलै के सिक्न सकिन्छ भने विज्ञान र प्रविधिनै एउटा यस्तो माध्यम हो जसले देशको स्वरूप वदलिन सक्छ तर हाम्रो ध्यान यसमा कहिले जाला ।

0 comments:

Post a Comment